मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):- समाजमा बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै थेरै कामहरु गर्न सकिनेछ । व्यापारमा वढोत्तरिको योग रहेको छ भने नयाँ व्यवसाय सुरु गर्न सकिने छ । कुटुम्बसँगको सम्बन्धमा सुधार हुनेछ, भने आफन्तको सहयोगले कामहरु समयमा नै सकाउन सकिने छ । पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा रमाउन चाहनेहरुलाई समयले साथ दिनेछ भने जीवन साथीसँग थप आत्मियता बढ्नेछ । मंगलबारबाट समय मध्यम रहेकोले खानपान तथा मौषमको ख्याल गर्नुहोला छाति तथा श्वास प्रश्वास सम्बन्धी समस्या आउनसक्छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):- कामहरु स्वत स्फुर्त रुपमा अगाडी बढ्नेछन् । व्यापार व्यवसाय फस्टाएर जाने तथा नयाँ प्रकृतिको व्यवसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिने छ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । मायाप्रेमको डोरो कसिलो हुनुको साथै घर परिवारमा बिग्रेको सम्बन्ध सुधार भएर जानेछ । बिद्यामा सफलता पाउन कडा मिहिनेत गर्नु पर्नेछ । दाजुभाई तथा छिमेकिसँग मनमुटाव बड्नेछ । लेखन कला तथा साहित्यको क्षेत्रमा समय दिय पनि भनेजस्तो नतिजा नआउने हुँदा मन खिन्न हुनेछ ।
मिथुन ( का,की,कू,घ,ङ,छ,के,को,हा) :- सोमबारसम्मको समय मध्यम रहेकोले अस्वभाविक खर्च बड्ने हुँदा मन चिन्तीत रहने छ । शारिरिक कष्ट तथा आँखामा समस्या देखिन सक्छ । मान सम्मान तथा इज्जत प्रतिष्ठा गुम्ने खतरा रहेको छ, सजक रहनुहोला । व्यापार व्यवसायमा नाँफा कमाउन निकै नै सघर्ष गर्नुपर्ला । मंगलबारबाट व्यापार व्यवसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिने छ । राजनिती तथा समाजसेवामा गरीएको लगानी खेर जाने छैन भने पद पाउने योगलाई नकार्न सकिदैन ।
कर्कट ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो):- साताको सुरु र अन्तको समय राम्रो रहेकोले आफूसँग भएका स्रोत साधनहरुलाई सही रुपमा परिचालन गरी आम्दानी वढाउन सकिने छ । पुराना लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । पढाईलेखाईमा मन जाने हुनाले राम्रो अंक ल्याई सफलता हात पार्न सकिने छ । कुनै पनि विषयमा समयमा निर्णय लिन सक्दा मानसम्मानमा बृद्धि भएर जानेछ । प्रेममा आत्मियताको भाव झल्कनेछ, भने साथीभाई हरुसँगै रहेर मिठो खाना खाने तथा रमाईलो गर्ने अवसर जुर्नेछ । मंगलबार र बुधबारको समय मध्ययम रहेकोले स्वास्थ्य सम्बन्धी सामान्य समस्याले सताउन सक्छ खानपानमा ध्यान दिनुहोला ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):- समय मध्यम रहेकोले व्यापार व्यवसाय अन्य दिन भन्दा खस्केर जानेछ भने भनेजस्तो आम्दानी नहुँदा दैनिकी प्रभावित हुनेछ । सरकारी स्रोत साधन तथा प्राकृतिक स्रोतको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेको छ । पढाईलेखाईमा ध्यान नजादा अरुभन्दा पछी परिने सम्भावना रहेको छ । मायाप्रेममा अविस्वास बढ्ने छ, भने घर परिवारमा आफन्त बीच घरायसी कुरामा विवाद सिर्जना हुनसक्छ ध्यान दिनुहोला । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ख्याल गर्नुहोला ।
कन्या ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो ) :- साताको सुरु र अन्तको समय राम्रो रहेकोले आफन्तजन तथा दाजुभाईबाट भनेजस्तो सहयोग पाइने हुँदा मन प्रशन्न रहनेछ । मायाप्रेममा सामिप्यता बडेर जानेछ भने परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । व्यापार व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । भौतिक सम्पती तथा सवारीसाधन प्राप्तिको गतिलो सम्भावना रहेको छ । बिद्यामा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फन मनग्गे धन आर्जन गर्न सकिनेछ । मंगलबार र बुधबारको समय मध्यम रहेकोले मानसम्मान तथा इज्जत प्रतिश्ठामा दाग लाग्न सक्छ काम गर्दा ख्याल गर्नुहोला ।
तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते ) :- साताको सुरु र अन्तको समय मध्यम रहेकोले राज्यबाट पाउने सेवा सुबिधाबाट बञ्चित हुनु पर्नेछ । व्यापार व्यवसायमा लगानी गरेपनि लाभ थोरै मात्र हुनेछ । पैत्रिक स्रोत तथा प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिुनहोला । अध्ययनमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । तापनि आफन्त तथा मन परेको मानिससँग रमाईलो यात्राको तय गर्न सकिने छ । राजनीति तथा समाजसेवामा जनताको आलोचना सहितको समर्थन पाइने छ । मंगलबारबाट बिहीबार साँझसम्मको समय उत्तम रहेकोले लामो दुरिको शैक्षिक तथा धार्मिक यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ ।
बृश्चिक ( तो,ना,नी,नू,ने,नो,या,यी,यू ) :- साताको सुरु र अन्तको समय राम्रो रहेकोले नयाँकार्य आरम्भ गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ भने व्यापार व्यवसायमा थोरै समय दिदा पनि मनग्गे धन आर्जन गर्न सकिनेछ । खोज तथा अनुशन्धानमा सकारात्मक नतिजा हात लगाउँन सकिने हुनाले शरिरका थप उर्जा पैदा हुनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपार्ईँको बर्चस्व कायम रहेनेछ । प्रणय सम्बन्धमा आत्मियताको विकास हुनेछ भने घर परिवारमा सबैसँग सौहार्दपूर्ण सम्वन्ध स्थापना गर्न सकिनेछ । धर्म कर्ममा समय दिन सकिने हुनाले मन शान्त रहनेछ । मंगलबार र बुधबारको समय मध्यम रहेकोले व्याक्तिगत स्वास्र्थ तथा वैराग्यभाव त्यागेर अगाढ बढ्नुहोला । सवारीसाधन तथा भौतिक सम्पतीको प्रयोग गर्दा बिशेष सावधानि अपनाउनु होला ।
धनु ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे ) :- साताको समय मध्ययम रहेकोले समुदायको हक हितको निम्ती कामगर्ने अवसर आएपनि असजिला परिस्थिती हरुको सामना गर्नुपर्नेछ । पढाईलेखाईमा ध्यान नजादा सफलता हात पार्न मुस्किल रहेको छ । व्यापार व्यवसायमा लगानी गरेपनि भनेजस्तो आम्दानी नहुँदा मन दुखी हुनेछ । मायाप्रेममा अविश्वास बढ्नेछ भने जीवन साथीसँग सामान्य मनमुटाव सिर्जना हुनेछ । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको भएपनि बाटामा असहज परिस्थितिको सामना गर्नुपर्नेछ । आफन्त तथा दिदिबहिनीहरुले पनि सहयोग गर्ने छैनन् ।
मकर ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- साताको सुरु र अन्तको समय उत्तम रहेकोले दाम्पत्य जीवनमा एकअर्कालाई सहयोग गर्दै दैनिकी सुखद तथा सम्बृद्ध बनाउन सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने लामो दुरिको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । पढाईलेखाईमा थोरै समय दिएपनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थ्य सबल रहने हुँदा शरिरमा एक किसिमको जोस जागर आउनेछ । माया प्रेममा नजिकिने समय रहेकोछ भने विलासी तथा भौतिक वस्तु प्राप्तिको गतिलो योग रहेकोछ । मंगलबार र बुधबारको समय मध्यम रहेकोले मुद्दामामिला तथा न्यायिक निकायबाट हुने निर्णयहरु पछिको लागि सार्नु नै उपयूक्त हुनेछ किनकी आज आउने फैसला तपाईको पक्षमा हुनेछैन ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा ):- साताको सुरु र अन्तको समय मध्यम रहेकोले राजनिती तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्बसाधारणसँग सन्तुलित व्यवहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा आघात पुग्नेछ । अध्ययन अध्यापनमा तपाईको कमजोर उपस्थितिको फाईदा अरुले उठाउन सक्छन् ध्यान दिनुहोला । आमा वा आमा सरहका मानससँग टाडिएर देश परदेशको यात्रा गर्दा मन विचलित हुनेछ । व्यापार व्यवसायमा न्यून नाँफा हुने हुनाले दैनिकि कष्टकर हुनेछ भने कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । मंगलबारबाट बिहीबार साझसम्मको समय उत्तम रहेकोले प्रयन्न गर्दा बिभिन्न अवसरहरु प्राप्त हुनेछ भने व्यापार व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिने छ । स्कूल कलेज,बैक तथा बित्तिय क्षेत्रमा गरीएको लगानीबाट भनेजस्तो लाभ लिन सकिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):- बुधबारसम्मको समय मध्यम रहेकोले वादविवाद तथा मुद्दा मामिलामा सहभागी नहुनुहोला नकरात्मक नतिजा आउनेछ । सकसपूर्ण तथा झन्झटिलो यात्रा हुनेछ । व्यापार व्यवसायमा सन्तोष जनक प्रगती हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा काम गर्न असजिलो महशुस हुनेछ । बिद्यामा सफलता पाउन कडा मिहिनेत गर्नु पर्नेछ । दाजुभाई तथा छिमेकिसँग मनमुटाव बड्नेछ । लेखनकला तथा साहित्यको क्षेत्रमा समय दिए पनि भनेजस्तो नतिजा नआउने हुँदा मन खिन्न हुनेछ । बिहीबारबाट सन्तान तथा परिवारका सदस्यबाट सहयोग पाईनेछ । नाफामुलक व्यवसाय भन्दा सेवामुलक व्यावसाय फस्टाएर जानेछ । अध्ययनमा ध्यान जादा बौद्धिक क्षेत्र फराकिलो हुनेछ । प्रयन्न गरेका कामहरु सजिलै सम्पादन हुनेछन् तपाईको साता दिन शुभ रहोस् ।









