काठमाडौँ । तपाईं स्वस्थ्य रहन चाहनुहुन्छ । हाम्रो भान्सामा नियमित रुपमै प्रयोग हुने फल हो गाजर। गाजरलाई सामान्यतया सलादको रुपमा खाइन्छ। कतिपयले यसको अचार पनि बनाउने गरेको पाइन्छ। आँखाको ज्योती कायम राख्न चाहनुहुन्छ । गाजरले तपाइँलाइ स्वाद मात्र दिने हैन, यसले तपाइँलाइ तन्दुरुस्त राख्नका लागी पनि ठुलो भूमिका खेल्दछ । यदी त्यसो हो भने गाजरको प्रयोग खानामा समावेश गर्नु अपरिहार्य छ ।
यो तपाइलाइ स्वस्थ राख्नका लागी मात्र नभै आंखाको ज्योति समेत बढाउनमा सहायक हुने गर्दछ । गाजरको नियमित प्रयोगले तपाइँको केश तथा छालाका लागी समेत निकै लाभकारी हुन्छ । गाजरको जुसलाइ दैनिक रूपमा डाइटको हिस्सा बनाउनु पनि निकै गुणकारी छ ।
गाजर स्वास्थ्यका लागि फाइदाजनक:
रोग प्रतिरोधी क्षमता बढाउँछ । गाजरको जुसले आमाको दूधको गुणस्तर बढ्दछ । छालाको सुन्दरताका लागि गाजरको जुस सेवन लाभदायी हुन्छ । गाजरको जुसको नियमित सेवनले क्यान्सरको जोखिम कम गर्छ । गर्भावस्थामा गाजरको जुस सेवनले शरीरमा फोलेटको आवश्यकता पूर्ति हुन्छ । ब्लड सर्कुलेसन नियमित गर्न मद्दत पुग्छ, मुटुको रोग लाग्ने खतरा कम गर्छ । गाजरमा बीटा-केरोटिन, भिटामिन्स र पोटेशियम हुने गर्दछ । गाजरबाट शरीरको इम्यून सिस्टमलाइ बलियो बनाउँदछ ।भिटामिन ए ले तपाइँको आंखाको ज्योति मात्र बढाउने नभै यसको जुसको नियमित सेवनले मुटुको रोगबाट समेत तपाइँलाइ बचाउँछन । गाजरको जुसमा क्यान्सरसंग लड्ने गुण हुन्छ । यसमा केरोटेनोइड नामको एक बिशेष तत्व हुन्छ, जसलाइ प्रोस्टेट, कोलोन, र स्तन क्यान्सरबाट लडनमा निकै महत्वपूर्ण तत्व मानिन्छ ।








