तपाईंको आँखावरिपरि ‘डार्क सर्कल’ आएर हैरान हुनुहुन्छ ? यस्ता छन् हटाउन उपाय

एजेन्सी ।  बढी काम गर्ने, तनाव लिने, पर्याप्त नसुत्नेलगायत कारणले आँखावरिपरि ‘डार्क सर्कल’ देखापर्ने गर्छ । यसले मानिसको समग्र सुन्दरतामै ह्रास ल्याउँछ । डार्क सर्कल हटाउन यी भिटामिन पाइने खानेकुरा खानुपर्छः

भिटामिन ए
डार्क सर्कल हुनेहरूले गाजर, फर्सी, पाकेको मेवा, आँप, हरियो सागपात आदि बढी खाने गर्नुपर्छ ।

भिटामिन के
भिटामिन केले रगतलाई गाढा बनाउन मद्दत गर्छ र रक्तसञ्चारलाई पनि तीव्र बनाउँछ । अंगुर, ब्लुबेरी, बन्दाकोभी, ब्रोकाउली, केराउ आदिमा भिटामिन के प्रशस्त पाइने भएकाले डार्क सर्कल भएकाले यस्ता खाना बढी खाने गर्नुपर्छ ।

भिटामिन ई
डार्क सर्कलको समस्या भएकाले पालुंगो, हाडे बदाम, बदाम, किवी, ओखर, सूर्यमुखीका बिजजस्ता भिटामिन ईयुक्त खानेकुरा बढी खानुपर्छ ।

भिटामिन सी
डार्क सर्कल गर्दा राम्रोसँग निदाउन सकिन्छ । सुन्तला, कागती, अमला, खर्बुजाजस्ता भिटामिन सीयुक्त खाना बढी खाने गर्नाले डार्क सर्कल बिस्तारै कम हुँदै जान्छ ।

[sidebar name="button post"]