स्वस्थ रहनका लागि सेवन गर्नुहोस् ब्रोकाउली, यस्ता छन् यसका फाइदा

काठमाडौं । ब्रोकाउली, काउली जस्तै हुन्छ । तर, यसको रंग हरियो हुन्छ । राम्रो खाना खायौं भने स्वस्थ हुन्छौँ, नराम्रो खाना खायौँ भने विभिन्न रोगको शिकार बन्न पुग्छौँ । काउलीको भन्दा स्वाद र वास्ना अलिक फरक हुने ब्रोकाउलीलाई सलाद र तरकारीको रूपमा प्रयोग गरिन्छ ।

खानेकुरा र स्वास्थ्य एक अर्काको परिपुरक हुन् । यी दुई एक अर्कासँग जोडिएको हुन्छ । स्वस्थ रहन खानपानमा बिशेष ध्यान दिनु जरुरी हुन्छ । ब्रोकाउलीको फाइदाः

  • ब्रोकाउलीले क्यान्सरबाट बचाउन मद्दत गर्छ । ब्रोकाउली आइरन, प्रोटिन, क्याल्सियम, काब्र्रोहाइड्रेट, क्रोमियम, भिटामिन ए र सी को राम्रो स्रोत हो ।
  • यसको अतिरिक्त ब्रोकाउलीमा फिटाकेमिकल्स अधिक मात्रामा हुन्छ । जब यसलाई चपाइन्छ, यसमा भएको इन्जाइम शरिरको सिस्टमको हिस्सा बन्छ । यो हर्मोनले क्यान्सरबाट बचाउँछ ।
  • मानव शरिरले पनि यो हर्मोन निर्माण गर्छ तर जब ब्रोकाउलीले त्यस हर्मोनको श्राव गर्छ तबमात्र त्यो हर्मोन सक्रिय हुन्छ ।
  • ब्रोकाउलीमा फोलिक एसिड, पोटासियम तथा फाइबर प्रचुर मात्रामा पाइन्छ ।
  • ब्रोकाउलीले स्तन क्यान्सर, आन्द्राको क्यान्सर, मृगौलामा हुने क्यान्सर, ब्लडरमा हुने क्यान्सर तथा प्रोस्ट्रेट क्यान्सरबाट बचाउँछ ।
[sidebar name="button post"]