Ad #144479

एजेन्सी । काजु थोरै खादा पनि धेरै फाइदा र्पुयाउने मेग्निसियम, कपर, आइरन, पोटासियम लगायतका तत्व भरपुर मात्रामा पाइन्छ । काजुमा अनेक पोषक तत्व पाइन्छ । यी तत्वले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ ।

शरीरको आवश्यक खाद्यवस्तुमा पर्ने स्वास्थ्यवर्द्धक काजुको नियमित सेवनले शरीरको स्फूर्तिका साथै चौतर्फी विकास हुन्छ ।

त्यसैले हरेक दिन दुई या तीन पिस मात्र पनि काजुको सेवन स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । काजुलाई ऊर्जाको राम्रो स्रोत मानिन्छ । यस्ता छन् नियमित काजु खानुका फाइदा :

  • कब्जियतबाट टाढा रहन पनि नियमित काजु खाँदा फाइदा पुग्छ
  • दाँतलाई मजबुत तुल्याउन ठूलो भूमिका खेलेको हुन्छ ।
  • कपाल चमकदार बनाउन पूर्ण रुपमा मद्दत पुर्‍याउँछ ।
  • कोलेस्टेरोल घटाउन सहयोग पुर्‍याउँछ ।
  • रक्तचाप नियन्त्रण गर्न प्रमुख भूमिका खेल्छ ।
  • जुले दिमाग तेजिलो बनाउन ठूलो भूमिका खेलेको हुन्छ ।
  • आँखाको तेज बढाउन पनि काजुले ठूलो भूमिका खेलेको हुन्छ ।
  • गर्भवतीको लागि काजु बरदान मानिन्छ । जसले आमा र बच्चा दुवैलाई फाइदा पुर्‍याएको हुन्छ ।