एजेन्सी । कुनै पनि मानिसको उमेर ढ्ल्कदै जाँदा अलिअलि बिर्सनुलाई सामान्य मानिने गरेता पनि त्यही बिर्सिने बानी बढ्दै जानुलाई चिकित्सकहरुले अल्जाइमर रोग भन्ने गरेका छन्।
प्राय मानिसहरु आफ्नो स्मरण शक्ति कम्जोर भएकोमा दुख मानिरहेका हुन्छन् । केहि समान किन्न बजार जान्छन् तर त्यहाँ पुगेपछि के किन्न गएको भनेर बिर्सिन्छन् ।
उमेर बढ्दै जाँदा सामान्य कुराहरु बिर्सिदै जाने समस्या धेरै मानिसलाई देखिने गर्छ। तर कतिपय मानिसलाई यस्तो समस्या सामान्य हुन्छ भने कतिपयलाई यही समस्या गम्भीर बन्दै जान्छ:
एक अनुसन्धानको अनुसार एउटै कुरा बारम्बार दोर्होयाइरहनु, एक ठाउँमा राख्नु पर्ने सामान अर्कै ठाउँमा राख्नु, अरूले भनेको कुरा नबुझ्नु, सामान हराइरहनु, एकाग्रतामा कमी हुनु, जटिल शब्द तथा वाक्यहरू सम्झिन नसक्नु, परिवारका सदस्यहरूलाई नचिन्नु, डिप्रेसनमा जानु, निन्द्रामा समस्या पर्नु, आधारभूत कामहरू गर्न नसक्नु त्यसैले कहिलेकाँही पुनारो कुराहरु पनि सम्झिने गर्नु पर्दछ सधै अगाडीको सोच राख्नु भन्दा पनि पछाडीको पनि याद गर्दा मस्तिस्क समस्या आउने गर्छ ।
स्मरण शक्ति कसरी राम्रो बनाउने भन्ने तथ्य वैज्ञानिकहरुले पत्ता लगाएको छ:
चुप लागेर बस्ने
हेरियट वाट विश्वविद्यालयको अनुसार माइकेला डेवरले यस विषयमा अनुसन्धान गरेका थिए । उनको प्रतिवेदन अनुसार, स्वास्थ्य प्रति सजग मानिस केहि कुरा स्मरण गरेपछि सानो बिश्राम लिने गर्दछन् ।
केहि समय सुत्ने
स्मरण शक्ति राम्रो बनाउनको लागि दिनमा केहि समय आराम गर्नुपर्छ र थोरै बेर निदाउनु पर्छ जसले गर्दा मस्तिष्कले पनि केहि क्षण बिश्राम पाउँछ जस्तै कि कर्पोरेट संसारमा “पावर न्याप” को चलन रहेको छ ।
पहिलाको कुरा सम्झिने प्रयास गर्ने
प्राय भन्ने गरिन्छ कि पुरानो बितिसकेको कुरालाई फेरी सम्झनु हुँदैन तर वैज्ञानिकहरु भन्छन्, पुरानो कुराहरु सम्झदा स्मरण शक्ति बलियो हुन्छ ।
व्यायाम गर्ने
नियमित रूपमा व्यायाम गर्दा स्मरण शक्ति राम्रो हुँदै जान्छ प्राय नियमित जगिङ्ग गर्दा मेमोरीमा सुधार हुँदै जान्छ । अनुसन्धानकर्ता भन्छन् , व्यायामको लागि उपयक्त समय हुनुपर्छ ।











