एजेन्सी – आजभोलि मानिसमा खानपिनको शैली परिवर्तन भएको छ। असन्तुलित जीवनशैलीका कारण पछिल्लो समय सबैभन्दा बढी समस्या शरीरको तौलमा देखिने गर्छ ।
खानपानमा ध्यान दिन नसक्दा धेरै मानिसहरु मोटोपनको शिकार हुने गरेको छन् । साथै, तौल बढेसँगै मधुमेह, थाइराइड र उच्च रक्तचापको समस्याबाट पनि गुज्रिरहेका हुन्छन् । त्यसैले तौललाई सन्तुलनमा राखेर स्वस्थ र फिट हुन जरुरी छ ।
हामी मोटोपन घटाउन विभिन्न प्रकारका औषधि उपचार तथा अनेक उपायहरु अपनाइरहेका हुन्छौँ । हामीले दैनिक सेवन गर्ने कालो कफिले पनि तौल कम गर्न निकै मद्दत गर्छ । कालो कफि स्वादिष्ट हुनुका साथै धेरै उपयोगी र लाभदायी हुन्छ ।
कालो कफिले मेटाबोलिज्म बढाउनका साथै तौल घटाउनका लागि कालो कफिमा चिनी, दूध र क्रिम नहाली खाने गर्नुपर्छ । यसमा पोषक तत्व र एन्टिअक्सिडेन्ट पाइन्छ । कालो कफीले क्यान्सर, हृदय रोग, मधुमेह जस्ता विभिन्न रोगहरुसँग लड्न मद्दत पुर्याउँछ ।
क्लोरोजेनिक एसिड:
कालो कफिमा क्लोरोजेनिक एसिड पाइन्छ । जसले तीव्र गतिमा तौल घटाउन सहयोग गर्छ । यसले शरीरमा ग्लुकोजको उत्पादनलाई सुस्त बनाउँछ । यसमा विभिन्न प्रकारका एन्टिअक्सिडेन्ट पाइन्छ । त्यसैले तौल कम गराउन चाहानु हुन्छ भने कालो कफि पिउने गर्नुपर्छ ।
पानीको मात्रा कम गर्ने:
हाम्रो शरीरमा पानीको मात्रा अत्यधिक धेरै भने पनि तौल बढ्छ । त्यसैले कफिले शरीरमा भएको अनावश्यक पानीलाई पिसाबबाट बाहिर फाल्न सहयोग गर्छ ।
क्याफिन:
कालो कफिनमा पाइने क्याफिनले एनर्जी बुस्टरको गर्छ । साथै, यसले मेटाबोलिज्मलाई मजबुत बनाउँछ। कालो कफिले रगतमा कोलेस्ट्रोलको मात्रा नियन्त्रित गर्छ ।











