एजेन्सी । शरीरलाई स्वस्थ राख्न जिब्रोको स्वादका लागि भन्दा पनि शरीरका अंगहरुलाई स्वस्थ राख्ने खानेकुरा खाने गर्नुपर्छ । खानापान भनेपछि उनीहरू जे पनि खाने गर्दछ । विना कुनै सोच विचार जे भेट्यो, त्यही खाने गरेकै कारण यस्ता व्यक्तिलाई तौल बढ्ने लगायतका स्वास्थ्य सम्बन्धी विभिन्न समस्या हुने गर्छ ।

त्यसमध्ये एउटा समस्या कलेजोको खराबी पनि हो । शरीरको आवश्यकता भन्दा बढी मात्रामा खानेकुरा सेवन गर्नाले फोक्सो तथा मिर्गौलामा असर पर्नुका साथै कलेजो समेत खराब हुने गर्छ । आखिर आवश्यकभन्दा बढी खानेकुराले कलेजो खराब गर्छ ।
कलेजोलाई स्वस्थ राख्न मद्यपान वा धूमपान गर्नै हुन्न, गर्ने नै भए मात्रा घटाउनुपर्छ । अत्यधिक मद्यपानका कारण कलेजोको सिरोसिस हुने खतरा हुन्छ । कलेजोलाई स्वस्थ राख्न यस्ता खानुकुरा खानुहोस्ः
स्याउ
स्याउमा पेक्टिन र अन्य रसायन प्रशस्त मात्रामा पाइन्छ, जसले कलेजो र पाचन नलीमा जम्मा भएका विकारलाई शरीर बाहिर निकाल्न मद्दत गर्छ ।
भोगटे
कागती र मौसम जस्तै भोगटे कलेजोका लागि फाइदाजनक हुन्छ । यसमा पाइने एन्टिअक्सिडेन्टले कलेजो सुन्निने समस्या कम गर्छ । यसले कलेजोसँग जोडिएका कोशिकाहरुलाई सुरक्षा प्रदान गर्छ ।
लसुन
लसुनमा पाइने एलिसिन र सेलिनियम जस्ता तत्वले कलेजोलाई स्वस्थ र विकाररहित अवस्थामा राख्न मद्दत गर्छ ।
कागती प्रजातिका फलफूल
कागती, सुन्तला, मौसमजस्ता फलफूलमा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ । यस्ता फलफूलमा पाइने भिटामिन सीले कलेजोमा जम्मा भएका विकारलाई पानीमा घुलनसिल गराइदिन्छ।
चुकन्दर र गाजर
गाजरमा ग्लुटाथियोन नामक प्रोटिन पाइन्छ, जसले कलेजोमा जम्मा भएका विकार बाहिर फाल्न मद्दत गर्छ । चुकन्दर र गाजरमा बेटा क्यारोटिन, प्लान्ठ फ्लाभोनोइड्स जस्ता तत्व पनि पाइन्छन्, जसले कलेजोलाई स्वस्थ राख्न मद्दत गर्छ ।
बेसार
बेसार कलेजोलाई विकाररहित गराउने मसलामध्येमा पर्छ । बेसारले कलेजोका विकार शरीर बाहिर जाने प्रक्रियालाई सहज र तीव्र गरिदिन्छ ।
ग्रिन टी
ग्रिन टीमा एन्टिअक्सिडेन्ट प्रचुर मात्रामा पाइन्छ, जसले शरीरभित्र जम्मा भएका अक्सिडेन्टलगायत विकारलाई बाहिर निकाल्छ ।
गोलभेँडा
गोलभेँडामा पर्याप्त मात्रामा ग्लुटाथियोन पाइन्छ, जसले कलेजोमा विकार जम्मा हुन दिँदैन । यसमा पाइने लाइकोफेन नामक तत्वले स्तन, छाला र फोक्सोको क्यान्सर हुने जोखिमलाई कम गर्छ ।
हरिया सागपात
हरिया सागपातमा क्लोरोफिल नामक तत्वको मात्रा उच्च हुन्छ, जसले शरीरभित्र जम्मा भएका विकार र फोहोर पदार्थ, अक्सिडेन्टलाई शरीरबाट निकाल्न मद्दत गर्छ ।
ब्रोकउली र काउली
ब्रोकउली र काउली खानाले शरीरमा ग्लुकोसिनोलेट नामक तत्वको उत्सर्जन बढ्न जान्छ जसले कार्सिनोजेन्सलगायत विकारलाई शरीरबाट बाहिर निकाल्छ ।











