Ad #144479

एजेन्सी । विभिन्न देशहरुमा आ–आफ्नै परम्परा हुने गर्छन् । हामीले महिलाहरुले श्रृंगार गरेर पुजा आज गरेको खबर पनि सुनेका छौ होला । तर एक यस्तो देश जहाँ पुरुषहरु श्रृंगार गर्छन् र महिला बन्छन् ।

केरालामा एक यस्तो मन्दिर छ जहाँ पुजा गर्नकै लागि पुरुषहरु श्रृंगार गर्छन् र महिला बन्छन् । श्रीदेवी मन्दिरमा देवीमा को पुजाको यस्ता परम्परा रहेका छन् ।

त्यहाँ पुजा गर्नकै लागि देश तथा विदेशबाट मानिसहरु आउने गर्छन्। महिलाहरुलाई मन्दिरमा प्रवेश नदिएको त सुनेकै छौ तर यो मन्दिरमा भने पुरुषहरु महिला बनेर मात्र पुाज गर्न पाउँछन्। पुरुषलाई महिलाको १६ श्रृंगार गरे मात्र मन्दिरमा अनुमति दिइन्छ।

यो मन्दिरमा हरेक वर्ष २३ र २४ मार्चमा चाम्याविलक्कु उत्सव मनाउने गर्छन् । यस उत्सवमा पुरुष पनि महिला जस्तै भएर साडी लगाएर १६ श्रृंगार गरेर माताको आराधना गर्ने गर्छन् ।

यो मन्दिरमा पुरुषले महिलाको कपडा लगाएर ढुगांमा फुल चढाएका थिए । फुल चढाएपछि ढुंगााबाट दिव्य शक्ति निक्लेको थियो । त्यही ढुगांमा कसैले नरिवल फोडीरहेका थिए त्यही समयमा पत्थरबाट रगत बगेको थियो ।