एजेन्सी। यदि तपाईं पनि कुनै महिलालाई प्रपोज गर्ने सोच बनाइ रहनु भएको छ ? कुनै पनि महिलालाई प्रपोज गर्नुभन्दा पहिले उनलाई कस्ता पुरुष मनपर्छ भन्ने कुरा थाहा पाउनुपर्छ ।
महिला र पुरुषको सम्बन्ध एक रथको दुई पांग्राका रुपमा लिइन्छ । यदी कुनै युवतीलाई मन पराउनुहुन्छ भने तपाईले केही आफ्नो आनीबानीमा पक्कै परिवर्तन ल्याउन जरुरी हुन्छ ।
पुरुषहरुले महिलाका कस्ता गुणलाई मन पराउँछन् भन्ने विषयमा धेरैजसो महिलाहरुले ध्यान दिने गरेका हुन्छन् । यसका लागि महिला-पुरुष दुवैले आफ्नो रुचि अनुरूप विपरीत लिङ्गी छनोट गर्छन् ।
यसमा कसैले सुन्दरता त कसैले बुद्धिमत्तामा जोड दिन्छन् अनि कसैले यी दुवैको संयोजन चाहन्छन् भने कतिपयले हरेक समय आफू अनुकूल चल्ने जीवनसाथी पनि चाहेका हुनसक्छन् ।
१. आफ्नै तारिफ गर्ने पुरुष
कुनै पनि महिलाले पुरुष आफैले आफ्नो औधी तारिफ गरेको फिटिक्कै मन पराउँदैनन् ।
२. सधैं प्रश्न गर्ने पुरुष
पुरुषहरु प्रेमिका कहिले कतिबजे कहाँ गइरहेका छन् उनीहरुलाई हरेक कुराको जानकारी चाहिन्छ । यस्ता प्रतिबन्ध लगाउने पुरुष पनि महिलालाई मन पर्दैन ।
३. फ्लर्ट गर्ने पुरुष
पुरुष जो सुकै महिलालाई देखेर उनीहरुसँग फ्लर्ट गर्न सुरु गर्छन् । यस्ता यस्ता पुरुषबाट पनि महिला टाढा हुन्छन् ।
४. केयर नगर्ने पुरुष
पुरुषको केयरिङ स्वभावले महिलालाई उनीहरुतर्फ आकर्षित गराउँछ । यसको विपरित यदि कोही पुरुषले उनीहरुको मेसेज र कललाई नजरअन्दाज गरेर त्यसको जवाफ दिएनन् भने यस्ता पुरुष महिलालाई मन पर्दैन ।
५. पुरुष मित्रसँग ईष्र्या गर्ने पुरुष
धेरैजसो पुरुषलाई आफ्नी प्रेमिकाका पुरुष साथीहरु मन पर्दैन । ती महिला आफ्ना प्रेमीका लागि जतिसुकै इमान्दार किन नहोस् शंका गर्न छाड्दैनन् । प्रेमिकाको पुरुष साथीसँग जहिले पनि पुरुषले ईष्र्या नै गरेका हुन्छन् ।











