Ad #144479

काठमाडौं । प्रेम होस् या मागी, विवाह सबैका लागि कुनै सुन्दर सपना भन्दा कम हुँदैन । विवाह एक पवित्र बन्धन हो । विवाहसंगै पुरुष र महिला हरेक तवरबाट एक अर्काबिच भावानात्मक रुपमा नजिक हुन्छन् ।

यसमा दुई व्यक्तिका साथै दुई परिवारको पनि मिलन हुन्छ । तर विवाहभन्दा अगाडि धेरै केटाहरु केटीलाई इम्प्रेसन गर्नका लागि कैयौं प्रकारका झुट बोल्छन् । उनीहरु केटी र उनको परिवारलाई इम्प्रेसन गर्न धेरै झुट बोल्छन् ।

विवाह अघि धेरैको आआफ्नै केहि न केहि विगत हुन्छ । जसलाई आफ्नो हुनेवाला जिवनसाथि माझ गरेमा भोलि त्यसबाट समस्या उत्पन्न नहुन सक्छ । तर के तपाईलाई थाहा छ, विवाह हुनुअघि पुरुषले महिलालाई प्रभावित गर्न केहि झुटहरु बोलेका हुन्छन् । विवाह अघि केटाहरुले बोल्ने झुटहरु यस्ता छन् :

  • तिमि कुनै अभिनेत्रीभन्दा कम सुन्दर छैनौ ।
  • विवाहपछि मेरो संसार तिमिनै हौँ।
  • विवाह पछि म चुरोट पिउन छोडिदिने छु।योभन्दा अगाडि मेरो कुनै अफेयर छैन् ।
  • तिम्रो परिवार पनि मेरै परिवार त हो ।
  • अहिलेसम्म मेरो कोहीसँग अफियर नै चलेको छैन् । चाहे उनीहरुको जतिसुकै गर्लफ्रेण्ड होउन् ।
  • तिमी संसारको सबैभन्दा राम्री छौ : हरेकलाई थाहा छ, सुन्दरताको कुनै स्पष्ट परिभाषा हुदैन । हरेक सुन्दरता हेर्ने दृष्टिमा भर पर्छ । तर विवाह अघि केटाले केटिलाई आर्कषित गर्न उनि नै संसारको सबैभन्दा राम्री भएको झुट बोल्छन् ।