काठमाडौँ । यदि तपाईंहरु जङ्कफुड खान मनपराउनुहुन्छ भने सावधान रहनुहोस् । धेरैजसो बालबालिकालाई उनीहरुका अभिभावकले जङ्कफुड खानेकुरा दिने प्रचलन पछिल्लो समय निकै फस्टाएको छ ।
छोराछोरी रोए भने या भनेको मानेनन् भने फकाउनका लागि चाउचाउ, बिस्कुट, चकलेट दिने गरेका हुन्छ बुवाआमालाई थाहा छ कि छैन ? उनिहारुले दिइएको खानेकुरा कति अस्वस्थ्यकर र अखाद्य छन् भन्ने ।बच्चालाई मात्रै नभएर कसैलाई पनि जङ्कफुड खाना स्वास्थ्यका दृष्टिले राम्रो मानिँदैन । प्याकेटिङ खाना जस्तै चाउचाउ, बिस्कुट, चकलेट, बजारमा पाइने चिसो पेय पदार्थले मानव शरीरमा नकारात्मक असर गर्छ ।
- जङ्कफुडले विषेशगरी मस्तिष्क, मुटु, मिर्गौला खराब गर्नुको साथै शरीरका अन्य भागलाई पनि सुस्तसुस्त खराब गराउँछ र मुटु, मिर्गौलाका रोगले ग्रस्त बनाउँछ ।
- चाउचाउमा हुने मैदा मानव स्वास्थ्यका लागि मन्दविष हो । जसले सुस्तसुस्त रुपमा शरीरलाई कमजोर बनाउँछ ।
- तारेका वा भुटेर खाइने खानेकुरा मासु या अन्य खानेकुरा जस्तै सेलरोटी जस्ता बढी चिल्लोमा पकाइने खानेकुरा पनि स्वास्थ्यकर हुँदैनन् किनकी एकपटक पकाइसकेको तेलमा दोस्रोपटक बनाउनु विष हुन्छ ।
- चाउचाउमा हुने तेल र मसलामा पनि हानिकारक हुन्छन् । यसमा अजिनामोटो हुन्छ जसले गर्दा हाडजोर्नी कमजोर हुनुको साथै कहिँकतै हलुकासँग लडे पनि छिट्टै भाँचिने संभावना रहन्छ ।











