एजेन्सी । केही तथ्य र रोचक कुराहरु शास्त्रमा उल्लेख गरिएका पाइन्छन् । शास्त्रले महिलाका बारेमा पनि थुप्रै रोचक कुराहरु बताइएका छन् ।
जस्तै महिलामा केही त्यस्ता संकेत वा चिन्हहरु हुन्छन् जसका कारण उनीहरु पुरुषका लागि भाग्यमानी सावित भएको शास्त्रको दाबी छ ।
यस्ता युवतीसँगको विवाह वा संगतले नै तपाईको भाग्य चम्किेने विश्वास गरिन्छ । त्यस्ता कन्या विवाहपछि घर भित्रिँदा हरेक पुरुषको भाग्य खुल्छ र घरमा लक्ष्मीको बास हुने शास्त्रमा लेखिएको छ । पुरुषको भाग्य चम्काउने महिलामा हुन्छन् यस्ता ११ चिह्न
- कान तथा ओठमा कोठी छ भने त्यस्ता महिला भाग्यामानी र सुशिल हुन्छन् ।
- महिलाको पैताला समतल छ भने पनि यसलाई शुभ मानिन्छ ।
- यदि शिर अलिकति अघिल्तिर उठेको छ भने पनि यसलाई शुभ मानिन्छ ।
- निधारको ठिक बिच भागमा कोठी छ भने पुरुषहरुका लागि यस्ता महिला शुभ मानिन्छन् ।
- पैतालाको बूढी औंला गोलो, उठेको तथा मोटो छ भने त्यस्ती महिला शुभ हुनेछ ।
- आँखाको तल्लो भाग हल्का सेतो र कान रातो रातो छ भनेपनि यस्ती महिलासँग संगत गर्दा शुभ हुन्छ ।
- यदि महिलाका हात लामा लामा छन् भने त्यसलाई पनि शुभ मानिन्छ ।
- चिल्लो तथा रातो जिब्रो भएकी महिला पनि पुरुषका लागि भाग्यमानी मानिन्छन् ।
- महिलाको छोटो गर्धन पनि शुभ मानिन्छ ।
- महिलाको नाभी गहिरो छ भने पनि शुभ मानिन्छ ।
- हातका नंग पातला भएमा पनि महिलाहरुका लागि शुभ मानिन्छ ।











