Ad #144479

एजेन्सी । हाम्रो शरीका अंगहरुको आकार हेरेकै भरमा उसको भाग्यका विषयमा थाहा पाउन सकिने शास्त्रमा उल्लेख गरिएको छ ।

यसपटक पनि यस्तै प्रकृतिको तरिका पस्कदैछौँ, फरक यति छ कि यसपटक ओठको आकार हेरेर महिला–पुरुष दुबैको गोप्य कुरा थाहा पाउने तरिकाः मोटो ओठः जो व्यक्तिको ओठ सामान्यभन्दा अलि मोटो छ भने उनीहरु रिसाउने प्रकृतिका हुन्छन् ।

यस्ता मानिसहरु सानो– सानो कुरामा पनि रिसाउने गर्दछन् । कहिलेकाँही यिनिहरुको रिसले उनीहरुलाई तनावमा पनि पार्ने गर्दछ । यिनिहरु भावनात्मक र जिद्दि स्वभावका हुन्छन् । यस्ता ओठ भएका मानिसहरु राम्रा, कलालाई माया गर्ने र राम्रा स्वभावका हुन्छन् । रसिलो ओठ भएको मानिसहरु समाज र घरपरिवारमा मान–सम्मान प्राप्त गर्ने खालका हुन्छन् । यस्ता मानिसहरु आफ्नो कार्य क्षेत्रमा उच्च स्थानमा जान सक्ने र जीवनमा थुप्रै उपलब्धिहरु हासिल गर्दछन् ।

दुबै ओठ समान ओठ
दुबै ओठ समान र सुन्दर हुने व्यक्ति सत्यप्रिय सुशील तथा सज्जन वृत्तिको हुने गर्दछ । उसले कोमल शब्दले भरिएको मिठो वाणीको प्रयोग गर्दछ । यस्तो व्यक्ति परहितकारी तथा भाग्यशाली जीवन व्यतीत गर्ने हुन्छ ।

दुबै ओठ पातलो
दुबै ओठ पातलो यस्तो व्यक्ति सरल चित्तको हुने गर्दछ । संघर्षबाट उन्नति गर्ने खालको हुन्छ । बढ्दो उमेरमा हरेक प्रकारको सुख भोग गर्ने हुन्छ ।

ओठमा कोठी छ
यदि कुनै व्यक्तिको ओठमा कोठी छ भने यस्ता व्यक्तिहरु निकै कामुक स्वभावका हुने गर्दछन् । विपरित लिंगप्रति यिनिहरुको मनमा थुप्रै प्रकारको कामुक बिचार ल्याउने गर्दछन् । यस्ता मानिसहरु अरु मानिसहरुलाई चाँडै नै प्रभावित गर्न सक्षम हुने गर्दछन् ।

माथीको ओठ ठुलो
माथीको ओठ ठुलो हुने यस्तो व्यक्ति प्रभावशाली हुन्छ स्वादिष्ट भोजनको लालसा राख्दछ र यस्ता व्यक्तिहरू गम्भीर प्रवृत्तिका हुन्छन ।

गुलाबी ओठ
जो व्यक्तिको ओठको रङ गुलाबी हुन्छ, उनीहरु कुशल व्यवहार, उदार र बुद्धिमान स्वभावका हुने गर्दछन् । यस्ता ओठ भएका मानिसहरु आफ्नो व्यवहारले सबैको मनलाई पगाल्न सक्दछन् । उनीहरुको साथीहरु पनि धेरै हुने गर्दछन् ।

बाहिर निस्किएको ओठ
जो मानिसहरुको ओठ सामान्य स्थितिभन्दा अलि बाहिर निस्केको देखिन्छ भने उनीहरु डरपोक स्वभावका हुन्छन् । यस्ता मानिसहरु कुनै पनि कठिन परिस्थितिको सजिलै सँग समाधान निकाल्न सक्दैनन् ।

भित्र पसेको ओठ
जसको ओठ सामान्य स्थितिभनदा अलि भित्र पसेको छ भने उनीहरु रहस्यमय स्वभाव भएका व्यक्तिहरुमा गनिन्छन् । यस्ता व्यक्तिहरुको मनको कुरा बुझ्न निकै कठिन हुने गर्दछ । ओठ भित्र पसेका व्यक्तिहरु राम्रा योजनाकार हुने गर्दछन् र आफ्नो योजनालाई गुप्त राख्ने पनि गदैछन् ।