Ad #144479

एजेन्सी। शरीरमा चिलाउने, रातो–रातो सानो फोका आउने गरेको भएमा त्यसलाई एलर्जी भनिन्छ। कसै–कसैको त्यो फोकाहरू बढ्दै जाने अनि कहिलेकाँही घाउ हुने समस्या हुन्छ।

शरीर चिलाउनु र रातो–रातो साना फोकाहरू आउने सबैभन्दा बढी एलर्जी हुँदा हुनेगर्छ। कुनै छालाकै रंगको पनि हुनसक्छ कुनै रातोरातो पनि हुनसक्छ ।हिजोआज बढ्दो प्रदूषण र धूवाँधूलोका कारण हाम्रो शरीरका छालाहरूमा नकारात्मक असरहरू देखा परेका छन् ।

प्रदूषणको कारण छालामा दाग आउने, डण्डीफोर आउने समस्या दिनानुदिन बढ्दै गएको छ । यसलाई हामी छालाको एलर्जी भन्ने गर्छौं । छाला चिलाउनु, रातो हुनु, दाग देखिने पानीका फोकाहरू आउने हुन्छ । साथै शरीरको छाला निस्केर पनि जान सक्छ । जसका कारण मानिसहरूलाई अनेकौं समस्या आउने गर्दछ ।

पेटमा जुका परेको छ भने पनि एलर्जी हुन्छ। बाहिर हिड्दा धुलो मैलोले पनि एलर्जी हुन्छ। फुलहरूको कणले पनि एलर्जी हुन्छ जसलाई हामीले देखेका हुँदैनौं सुक्ष्म खालका कारण कणहरू हुन्छन् यसले पनि एलर्जी गराउँछ।

एलर्जीका कारण
एलर्जीको मुख्य कारण घरबाट बाहिर निस्किँदा धूलो, धुवाँ र वायुमण्डलमा फैलिएको प्रदूषण मानिसको नाकमा प्रवेश गर्छ । त्यसैगरी घरपरिवारमा पाल्ने पाल्तु जनावरहरू कुकुर, बिरालोबाट एलर्जी हुने जोखिम बढी हुन्छ ।

एलर्जीका लक्षणहरू

  • शरीरमा डाबर आउनु वा चिलाउनु
  • आँखा नाक चिलाउनु
  • हाच्छ्युँ आउनु
  • मौसमी परिवर्तन र जनावरबाट हुने एलर्जीले श्वास फेर्न गाह्रो हुने
  • नाकबाट पानी बग्ने
  • आँखा सुन्निने
  • आँखाबाट आँसु आउने
  • रिंगटा लाग्ने
  • टाउको र घाँटी दुख्ने
  • सुक्खा खोकी लाग्नु, तर ज्वरो आएजस्तो नहुनु
  • सामान्यतया नाक बन्द हुनु, तर नाकबाट पानी नबग्नु

एलर्जीको उपचार कसरी गर्ने ?
एलर्जीको लक्षण अनुसार उपचार हुन्छ । छाला चिलाउने समस्या छ भने नचिलाउने औषधिको प्रयोग गर्नुपर्छ । श्वास फेर्न गाह्रो भयो भने श्वास खुल्ने औषधि, आँखाको छ भने आँखामा हाल्ने औषधि छ, हाच्छिऊँ आएको छ भने नाकमा राख्ने औषधि प्रयोग गर्नुपर्छ ।