Ad #144479

काठमाडौं । निद्रामा झस्किने समस्या के कारणले आउँछ भन्ने कुनै वैज्ञानिक कारण अहिलेसम्म पत्ता लागेको छैन। धेरैमा यो समस्या मनोसामाजिक तथा मानसिक तनावका कारण हुने हुने गर्छ।

यस्तो अवस्थामा निद्रा राम्रोसँग नपर्ने, पातलो निद्रा पर्ने, नराम्रो सपना देखिने हुन्छ। कहिलेकाहीं शारीरिक समस्याका कारण पनि निद्रामा झस्कने समस्या आउँछ।

कोही व्यक्तिहरु निदाएको बेला झस्किने, चिच्याउने, रुने गर्छन् । निदाएको बेला कसैले आक्रमण गरेको देख्नु, घाँटी थिचेको देख्नु । उचाईबाट लडेको देख्दा मानिसहरु एक्कासी आत्तिँदै बिउझिने गर्छन् । यसको मुख्य कारण हाइपनिक जर्क वा स्लीप स्टार्टर जस्ता समस्या हुन सक्ने डाक्टरहरु बताउँछन् । साथै उत्तानो परि छातीमा हात राखेर सुत्दा, उत्तर सिरानी गरे र सुत्ने मानीसहरुमा पनि यि लक्षण हुन्छ भनी धर्मशास्रमा बताएको छ ।

कारण

निन्द्रामा मानिसहरु जे देख्छन् त्यही सत्य मान्छन् र निद्रामा सम्हालिन सक्दैनन् । जसको कारण त्यस्ता गतिविधि देखाउँछन् । हाइपनिक जर्कको मुख्य कारण भने तनाव, चिन्ता, थकान, क्याफिनको बढी प्रयोग र कम निद्राको कारण दिमागले आराम पाउँदैन र यस्ता विविध प्रतिक्रिया दिन्छ। यो समस्या बंशाणुगत पनि हुनसक्छ । यद्यपि, यो समस्या दिमागलाई आराम नपुग्दा नै देखिने गर्छ ।

यो रोगका असरहरु के हुन सक्छन?
यो रोग हुनेहरुलाई हार्ट अट्याक, मुटुको चालमा गडबडी, प्यारालाइसिस , मानसिक समस्या, थकान, सडक दुर्घटना, प्रेसर, मधुमेह, यौन समस्या आदि हुने सम्भावना धेरै हुन्छ। अत्यधिक घुराईको कारण पारिवारिक तथा पेशागत सम्बन्धमा पनि ह्रास आउन सक्छ। अत्यधिक आलस्यपन तथा निद्राका कारण मोटोपन झन् बढ्दै जान सक्छ। यसको समयमै निदान तथा उपचार गरेमा माथि उल्लेखित समस्याहरुबाट जोगिन सकिन्छ।

इपनिक जर्क बाट कसरी बच्ने त ?
आवश्यताअनुसार निन्द्रा पूरा गर्ने बानी बसाल्नुपर्छ । समयमा सुत्ने र समयमा नै उठ्ने गर्नुपर्छ । उत्तानो परेर नसुत्ने, नुहाउँनु भन्दा पहिले मनतातो पानीमा नुहाउँदा यस्ता समस्या कम हुन्छन् , सुत्दा उत्तर सिरानी गरेर नसुत्ने साथै यिनै तरिकामा ध्यान दिएमा यस्ता समस्याबाट बच्न सकिन्छ । यसका लागि सोल्जर पोजिशन मा सुत्नुपर्छ । जसको लागी ढाड सीधा पार्ने र दायाँबायाँ दुवै हात राखेर सुत्न सकिन्छ । शवासनमा प्रयोग हुने यो तरिकाले ढाडको हड्डी सीधा रहन र पेटमा एसिड बन्न नदिन मद्दत पनि गर्छ । क्यफिन जन्य पदार्थ कफि, चिया र सोडा जस्ता पेयपदार्थ सुत्नुभन्दा पहिले पिउँनुहँदैन ।

  • सुत्ने तालिका बनाउने, एउटै समयमा सुत्ने र उठ्ने।
  • सुत्ने बेलामा कफी, रक्सी सेवन नगर्ने।
  • सकभर लामो समयसम्म निद्रा लाग्ने औषधि सेवन नगर्ने।
  • धेरै चिन्ता, तनाव नलिने।
  • शारीरिक रुपमा स्वास्थ रहने।
  • दिउँसो सुत्ने बानी छ भने हटाउने। दिनभर आफूलाई काममा व्यस्त राख्ने।
  • बच्चामा यस्तो समस्या देखिनुलाई सामान्य रुपमा लिनुपर्छ। ठूलो हुँदै गएपछि यो समस्या विस्तारै हट्दै जान्छ। उमेर भइसकेपछि धेरै समस्या भयो भने मनोचिकित्सकसँग परामर्श लिने।
  • सुत्ने कोठालाई सुत्नको लागि मात्र प्रयोग गर्नुपर्छ। बेडमै बसेर पढ्ने र त्यहीं सुत्ने गर्नाले पनि निद्रामा समस्या उत्पन्न हुन्छ।
  • सुत्ने कोठाको लाइट, कलर धेरै चम्किलो हुँदा पनि निद्रामा समस्या आउँछ त्यसैले हल्का कलरको प्रयोग गर्ने।