काठमाडौं । हामीले दैनिक जिवनमा उपयोग गरीने खानेकुराहरु नमिलाई खाने गर्नाले हामी बिरामी भईरहेका हुन्छौं। कुनै खाने कुराहरु यस्ता हुन्छन् जुन सँगै मिलाएर खान मिल्दैन खाएमा हामी बिरामी हुन्छौं।
खान नपाएर भन्दा खान नजानेर कुपोषणको शिकार हुने, विभिन्न रोगब्याधको शिकार हुने, मोटोपना, ज्यान जोखिम र मृत्युसमेत हुनसक्ने खतरा रहन्छ । त्यसमाथि हाम्रो आहारविबहारको शैली र खानेकुरा पनि स्वस्थ्यकर छैन् ।
खानेकुरा खानेमात्र भनेर हुँदैन । कुन चिज कहिले खाने के सँग खाने के सँग नखाने जस्ता कुराहरुको सामान्य ज्ञान हुनु जरुरी छ । अन्यथा हामीले खानाबाट अमृत पाउनुको साटो बिष पाइरहेका हुन्छौ । भूलेर पनि सँगसँगै नखानुस् यी खानेकुरा:
१.दुधको साथमा घ्यु अन्डा,रुखकटहर,कोदाको ढिंडो र फापरको ढिडो खानु हुदैन ।
२.माछा र सक्खर सँगै खान हुदैन यसले पित्त विगार्छ् ।
३. परेवाको मासु, दूध र मह लामो समय सँगै सेवन गरेमा गलगाँड हुनसक्छ ।
४. हाँस वा बकुल्लाको मासु खाएको बेला गेडागुडी र कालो दाल खानु हुँदैन ।
५. भटमास र दूध एकैसाथ खाएमा पत्थरी हुनसक्छ । करेलामा साग वा भिण्डी एकसाथ पकाएर खान हुदैन । खाएमा अम्लपित्त बढ्छ ।
६.गुर्जो र तुलसी एकैसाथ खाएमा अम्लपित्त हुनसक्छ ।
७. भिण्डीको साथ दही मोहि,घ्यु,दुध खानु हुदैन खाएमा अम्लपित्त बढ्छ ।
८. करेलामा साग वा भिण्डी एकसाथ पकाएर खान हुदैन । खाएमा अम्लपित्त बढ्छ ।
९.बाँसको तामा,बडरको फल,मह र दुध सँगै खान हुदैन यसले वीर्य नास हुन्छ् ।











