अहिले अधिकाशं युवाको हातमा स्मार्ट फोन रहेको छ । हातको मोवाइलमा नै हरेक प्रकारका प्रविधियुक्त सुविधा पाउने भएपछि युवावर्गमा यसको मोह बढेको हो । कुराकारी, सन्देश प्रवाह, भिडियो कल गर्न, गीत सुन्न, भिडियो हेर्न, तस्वीर खिच्न, सूचना संग्रहित वा प्रवाह गर्न, गेम खेल्नदेखि स्वास्थ्य परीक्षण गर्नसम्म हत्केलाभरीको स्मार्ट फोन उपयोगी मानिन्छ ।
तर, आजकल जुन उपयोगीताका लागी स्मार्टफोन तयार पारीएको हो आजकल त्यसको सदुपयोग भन्दा पनि दुरुपयोग बढेको छ । स्मार्टफोनको सबैभन्दा नकारात्मक असर भनेको यसले समय नष्ट गर्दछ । स्मार्टफोनले बालबालिकामा मानसिक विकास रोक्नुका साथै मस्तिष्क कमजोर बनाउँछ ।
यसको आँखाको दृष्टि कमजोर पार्नुको साथै आँखामा गम्भिर असर पुग्दछ । रातमा सुत्नुभन्दा पहिले र विहाने उठे लगत्तै स्मार्टफोन चलाउनु पनि एक रोग हो । यसलाई स्मार्टफोन ब्लाइन्डनेस भनिन्छ । फोनलाई लामो समय मुटुको नजिक राख्नु हुँदैन अन्यथा स्वास्थ्यमा असर पुग्न सक्छ ।
स्मार्टफोनलाई सिरानी मुनि राखेर सुत्दा अनिद्राको समस्या निम्त्याउन सक्छ । यसको हानी यतिमै रोकिदैन स्मार्टफोनको प्रयोगले शरीरमा गंभिर क्षति समेत पुर्याउँछ ।अनुसन्धान अनुसार स्मार्टफोनको अत्याधिक प्रयोगले दिमागमा असर पुग्दछ र रातमा सुत्नुभन्दा पहिले र विहाने उठे लगत्तै स्मार्टफोन चलाउनु पनि एक रोग हो ।
यसलाई स्मार्टफोन ब्लाइन्डनेस भनिन्छ । साथै स्मार्टफोनलाई सिरानी मुनि राखेर सुत्दा अनिद्राको समस्या निम्त्याउन सक्छ ।











