काठमाडौं। हाम्रो समाजमा शास्त्रीय मान्यतालाई अहिलेसम्म सत्य मानिन्छ । शास्त्रमा मानवीय जीवनका विभिन्न पक्षबारे वर्णन गरेको पाइन्छ ।
हरेक मान्छेमा छुट्टा छुट्टै गुण, स्वभाव हुन्छन् । जसले गर्दा हरेक मान्छेको भाग्य पनि फरक फरक हुन्छ । समुद्रशास्त्रमा शारीरिक अंगको बनावट तथा रुप रेखा हेरेर कुनै पनि व्यक्तिको भाग्य, गुण र जीवनका विभिन्न पक्षबारे वर्णन गरिएको छ । जसकै आधारमा कुनै व्यक्तिको भविष्य हेरिन्छ ।
शिव पुराणमा कुमार कार्तिकेयले मानिसमा यस्ता गुण बताएका छन् जुन गुण हुने ब्यक्ति सौभाग्यशाली, भाग्यमानी र शुभ फल प्राप्त गर्छन् गुणबारे उल्लेख गएिको छ:
कालो कपाल भएका र आगाडितिर झुकेको कपाल हुने युवती भाग्यमानी हुने समुद्र शास्त्रमा उल्लेख छ । चिल्लो, कोमल र मुलायम कपाल भएका युवतीलाई उत्तम मानिएको छ । समुन्द्र शास्त्र अनुसारका जुन युवतीको अनुवार आफ्नो बाबुसँग मिल्छ त्यस्ता युवती भाग्यमानी हुन्छन् । उनीहरुले जीवनमा सुखभोग गर्ने र चाहेको कुरा प्राप्त गर्ने उक्त शास्त्रको दावी छ । आँखीभौँ जोडिएका युवतीलाइै विश्वास गर्न नसकिने समुन्द्र शास्त्रको भनाइ छ । आँखीँभौं धनुष जस्तै झुकेको भए यस्ता युवतीलाई भाग्यमानी मानिन्छ । सिन्दुर लगाउने स्थान सिधा र उठेको छ भने त्यस्ता युवती पनि भाग्यमानी मानिन्छन् । गोलो र चिल्लो तथा आर्कषक अनुहार भएका युवती पनि भाग्यमानी हुन्छन् ।











