Ad #144479

काठमाडौं । सवारी साधन खासगरि बसमा यात्रा गर्दा रिंगटा लाग्ने र बान्ता हुने समस्या धेरै मानिसहरुको हुने गर्छ । कतिपय मानिस त झन् वान्ता भएकै कारण बिरामीसमेत हुन्छन् ।

बस, माइक्रो, ट्याक्सी आदिमा टाढाको यात्रा गर्दा धेरैलाई वान्ता अर्थात उल्टी हुने समस्या हुन्छ । वान्ता हुने समस्याका कारण कतिपय मानिसहरु यात्रा गर्नुपर्ने भएमा पहिलादेखि नै असहज महशुस गर्छन् ।

यात्रा गर्दा शरीरका इन्द्रीयहरु आँखा, कान आदिले सन्तुलित ढंगबाट आ–आफ्नो कार्य गर्न नसक्दा मोसन सिकनेस अर्थात यात्राजन्य वान्ता उत्पन्न हुन्छ। मोसन सिकनेस पनि व्यक्तिपिच्छे फरक–फरक हुन्छ।

  • कोही मानिसमा यात्रामा निस्कन साथ वान्ता गर्न थााल्छन् भने कसैकसैलाई लामो यात्रा गर्दा यो समस्या देखा पर्छ । वान्ता हुनु आफैंमा एक कष्टकर क्षण हो । शरीरलाई कमजोर बनाउनुका साथै यस्तो समस्याले यात्राको रमाइलोपन समेत हराएर जान्छ । समस्याको समाधान
  • वान्ता हुन लागेमा लामो–लामो श्वास लिने
  • अदुवाको टुक्रा वा अदुवा राखेको चिया खाने
  • कागती र पुदिनाको जुस पिउने
  • यात्रा गर्दा वान्ता हुने समस्या छ भने सकेसम्म अगाडिको सिट वा झ्याल भएको सिटमा बस्ने, यात्रा गर्नुअघि केही खानेकुरा खाने ।
  • ल्वाङ्ग मुखमा राखेर चुसीरहँदा पनि वान्ता हुँदैन।
  • जेठीमधु र स्निग्ध गुणयुक्त हुने भएकोले आमाशयको अम्लता कम गर्दछ साथै आमाशयको वायुलाई पनि कम गर्दछ।
  • काँचो आँपले खानामा रुची लगाउँछ, खाना पचाउन सहयोग गर्दछ।