Ad #144479

काठमाडौँ । विभिन्न किसिमको पोषक तत्वले भरिपूर्ण मेवाको सेवन विभिन्न किसिमको रोगहरूबाट आराम दिन निकै फाइदाजनक हुन्छ । यसमा भिटामिन सी को भण्डार हुन्छ ।

मेवा सबैलाई मन पर्ने फलफुल भित्र पर्ने भएकोले नै यो उखान ‘सेवा गरे, मेवा मिल्छ’ बनाएका हुनुपर्छ। मेवा खानको लागि मात्र स्वादिष्ट छैन । यो स्वास्थ्यको लागि पनि अति फाइदाजनक हुन्छ । अहिले बजारमा मेवा उपलब्ध हुन थालेका छन् । मौसमी फलफूल खोज्नेहरुको लागि यो उपयुक्त रोजाइ बन्नसक्छ ।

यसलाई काँचो वा पाकेको दुवै किसिमको रूपमा खान सकिन्छ । कोलेस्ट्रोल कम गर्न, वजन घटाउन, इम्युनिटी र आँखाको रोशनी बढाउनमा यो निकै उपयोगी हुन्छ । मेवा कुनबेला खाने, कुन बेला नखाने :

  • किड्नीमा पत्थरी भएकाले मेवा खानु हुँदैन ।
  • गर्भवती महिलाले खानु हुँदैन ।
  • स्तनपान गराउने महिलाले मेवामा पपाइन नामक विषाक्त हुन्छ,जुन ससाना बच्चाका लागि हानीकारक मानिन्छ ।
  • एलर्जीको सम्भावना भएका मेवा सेवन गर्नु हुँदैन किनभने केरोटेनेमियाबाट प्रभावित व्यक्तिमा छालाको एलर्जीको समस्या निम्त्याउन सक्छ ।
  • न्युन रक्तचाप भएका व्यक्तिले झुक्किएर पनि मेवा खानु हुँदैन ।
  • पखाला लागेमा पनि मेवाबाट टाढा रहनु पर्छ किनकी यसले समस्या कम हुनुको सट्टा झनै बढ्न सक्छ ।
  • घाँटीको समस्या हुने व्यक्तिले मेवा खानु हुँदैन । यसले घाँटीलाई प्रभावित पार्न सक्छ ।