धेरै अभिभावक यस्ता हुन्छन्, जो बच्चालाई आफूले चाहे जस्तै बनाउन खोज्छन् । तर हरेक बच्चालाई हामीले हेर्ने दृष्टिकोण फरक छ । अक्सर हामी अरु बच्चासँग तुलना गरेर वा आफैँले एउटा मानक बनाएर बच्चालाई हेर्ने गर्छौं । उनीहरुलाई त्यस्तै देख्न चाहन्छौं, जस्तो हामी सोच्छौं । यही कारण कुनैपनि बच्चाले आफ्नो गुण र क्षमता अनुरुप हुर्कने अनुकूलता पाइरहेका हुँदैनन् ।प्रायःजसो अभिभावकहरु आफ्ना बच्चाहरुलाई आफ्ना अनेक गतिविधिहरुमा सहभागी गराउँछन् । कहिलेकाहीँ त बच्चाको रुचि हुँदा–नहुँदै पनि उसले आमाबुबाको रुचि अनुरुपका गतिविधिमा सहभागी हुनु पर्ने बाध्यता नै हुन्छ ।
तपाईं घरको ठूलो व्यक्ति भएका कारण सबै निर्णय तपाईं स्वयं लिने अधिकार तपाईंलाई छ । तर आफूले लिएको निर्णयले आफ्ना बच्चाहरुलाई कुनै गुनासो छ कि त्यो पनि बुझ्नु आवश्यक छ । यदि तपाईंको बच्चा फूटबल खेल्न चाहन्छ र तपाईं उसलाई टेनिस खेल्न दबाब दिनुहुन्छ भने उनीहरुको यसप्रति रुचि छ छैन बुझ्नु आवश्यक छ । यदि रुचि छैन भने बच्चालाई जबर्जस्ती सिकाउनु हुँदैन । तपाईंको यो दबाबले ऊभित्र भित्रै निस्सासिएको अनुभव गर्न थाल्छ ।
तपाईं आफ्ना बच्चालाई साधारण हिसाब त गर्न सकेनौं, गाह्रो झन् कसरी गर्छौं ? जस्ता कुराहरुले तपाईंको बच्चालाई कुनै पनि कुराको लागि एक मात्र मौका छ भन्ने अनुभव गराउनु हो ।तपाईंले आफ्ना बच्चालाई कुनै कुरामा पछि परे अथवा गर्न सकेनन् भने चिन्ता नगर, जीवनमा अगाडि बढ्न अरु पनि धेरै मौकाहरु आउँछन् भनेर सम्झाउनुपर्छ । आफ्ना बच्चालाई अरुसँग तुलना गरेर आफ्ना बच्चालाई दबाब दिने कुरा गर्नुहुन्छ ?जुन गलत हो ।








