स्वस्थ्य जीवनयापन गर्नु छ भने हरेक कुरालाई नियमति तालिका अनुसार जीवनयापन गर्नु पर्ने हुन्छ । हरेक कुरामा ख्याल गर्न सके हामी स्वस्थय जीवन बाँच्न सक्छौँ । हामीले अनुसरण गरेका केही बानीले हाम्रो स्वास्थ्यलाई हानी गरिरहेको हुन्छ ।
हरेक मान्छेको जीवन जिउने तरिका फरक फरक हुन्छ । जसले गर्दा उनीहरूको दैनिकी पनि फरक फरक हुने गर्छ । कोही बेलुकी अबेर सम्म बस्ने र बिहान ढिलो उठ्ने, कोही बिहान बेलुकी नै खाना खाए पछि सुत्ने बानी हुन्छ । तर धेरैले थाहा पाएर वा नपाएर तिनले फाइदा पनि पुर्याइरहेका हुन्छन् । केही बानीले मानिसलाई हानी पनि गरिरहेका हुन्छन् ।
यस्तै केही नियमहरु खानपानका विषयमा पनि छन् । खाना खाने वित्तिकै के खाने वा के गर्न हुन्छ हुन्न भन्ने थाहा नपाई हामीले काँही गलत बानी व्यवहार त गरिरहेका छैनौँ । खाना खाने बित्तिकै के गर्नु हुँदैन :
चुरोट तथा मदिरा खानु हुँदैन
चुरोट पिउनु पनि तपाइँ मात्र होइन नजिक बस्नेको स्वास्थ्यका लागि पनि हानिकारक मानिन्छ । तर धेरै चुरोट खाने बानी भएका मानिसले खाना खानेबित्तिकै चुरोट खाने गर्छन् । खाना खाने बित्तिकै चुरोट खानेको लागि क्यान्सरको जोखिम झन् बढ्छ ।
पानी पिउनु हुँदैन
स्वस्थय जीबनशैलीको लागि पानी आबश्यक एक तरल पदार्थ हो । जुन समय पानी खानु स्वास्थ्यको हिसाबले राम्रो मानिदैन । खाना खाने बित्तिकै पानी खानु राम्रो हुँदैन ।
फलफूल खानु हुँदैन
हाम्रो शरीरलाई स्वस्थ्य राख्दै दैनिक रुपमा सिजनअनुसारको फलफूल खानु राम्रो हुन्छ । तर खाना खाने बित्तिकै भने फलफूल खानु राम्रो मानिदैन । अझ अमिला फलफूल सकेसम्म खाना खाएपछि आधा घन्टासम्म खानु राम्रो हुँदैन ।
खाना खाने बित्तिकै सुत्नु हुँदैन
खाना खानेबित्तिकै एक्छिन सुत्ने हुन्छ । तर खाना खाने बित्तिकै सुत्नु भनेको स्वास्थ्यको लागि निकै हानीकारक हुन्छ । मधुमेह, उच्च रक्तचापका समस्या भएकाहरूले झन् खाना खाने बित्तिकै सुत्नु हुँदैन ।
नुहाउनु हुँदैन
खाना खानेबित्तिकै नुहाउनु स्वास्थ्यका लागि हानिकारक हुन्छ । बरु खाना खानु अघि नुहाउनु चाही स्वास्थ्यको दृष्टिले राम्रो मानिन्छ ।








