के तपाई आफूलाई सुन्दर बनाउन चाहानु हुन्छ । सुन्दरता के हो यो किन आवश्यक छ । सुन्दरता मध्येको एक हो महिलाको आँखीभौं । महिला आफ्नो सौन्दर्यतामा बढी ध्यान दिन्छन् । प्राय युवतीहरुले आफ्नो सुन्दर अनुहारको लागि पहिला पातला आँखीभौं राख्दथे । सुन्दरताको लागि अनुहारमा रौँ नहुनु राम्रो मानिन्छ । तर आँखा माथी हुने रौँ अर्थात आँखीभौं भने सुन्दरतामा निखार ल्याउने भाग हो ।
यसलाई बाक्लो र सहि आकार दिएर अनुहारको आकर्षण बढाउन सकिन्छ । आँखालाई सुन्दर देखाउनका लागि आँखीभौंलाई सहि बान्कीमा सजाउनु पर्छ । यसको लम्बाई र बनौटमा ख्याल गर्नुपर्छ । आँखीभौंको लम्बाई आँखाभन्दा लामो हुनुपर्छ ।
तर दुर्भाग्यको कुरा सबैको आँखीभौं बाक्लो हुँदैन । तर यसमा चिन्तितको कुरा भने छैन् । किनकी आँखीभौं मोटो बनाउन सकिनेछ त्यो पनि कुनै महँगो कस्मेटिक सामग्री बिना नै, कसरी बनाउन सकिन्छ आँखीभौं बाक्लो ? अपनाउनुहोस् यी उपायहरु :
१. कागतीको रस :
कागतीको रसमा फोलिक एसिडका साथसाथै भिटामिन सी र बी हुन्छन् अनि अनेकौं उपयोगी पोषक तत्व सो कारणले आँखीभौंलाई बाक्लो बनाउँदछ । कागतीको प्रयोग गर्दा भने घाममा निस्कनु हुदैन किनकी कागतीको रसले सूर्यको प्रकाशसँग मिसिँदा कपाललाई सुनौलो बनाइदिन्छ ।
२.नरिवलको तेल:
नरिवलको तेलले पनि प्रोटीनका साथसाथै भिटामिन ई हुन्छन् । जसले गर्दा आँखीभौंलाई घना बनाएर कालो पनि बनाउन मदत गर्दछन् ।
३.अरण्डी तेलको प्रयोग
अरण्डीको तेलमा प्रोटीन, भिटामिन, फ्याट्टी एसिड र एन्टीअक्सिडेन्ट हुन्छन् । जसको कारणले रौंलाई पोषण दिएर बढाउँछ








