कामको चाप तथा अनेकौँ कारणले तपाईँ हामी एकैछिनमा केही कुरा बिर्सिन्छौँ । केही समयपछि नै के भनेको थियो भनेर सोच्न थाल्छौँ ।वैज्ञानिकहरुका अनुसार धेरै भुल्ने समस्या खास पौष्टिक तत्वको कमीका कारण निम्तिएको हो । यस्तो अवस्थामा खानेकुरामा ध्यान दिएर यो समस्या हल गर्न पनि सकिन्छ । उसो भयो के खाने त ?
जाइफलको सेवनले सरीरलाई चिसोबाट बचाउने मात्र होइन यसमा हुने विशेष तत्वले मस्तिष्कलाई स्वस्थ राख्न तथा स्मरण शक्ति बढाउन सहयोग गर्छ मसलाको रुपमा तुलसीका पातको प्रयोग निकै लाभदायक हुन्छ । छिटो भुल्ने समस्या भएका मानिसले दिनदिनै तुलसीको पात खाँदा त्यसले फाइदा गर्छ ।बेसार, चिया, कफी, दालचिनी तथा मरिचको नियमित सेवनले समेत मस्तिष्कको क्षमता वृद्धिमा सहयोगी हुने विभिन्न वैज्ञानिक परीक्षणले पुष्टि गरेका छन् । ओखरमा ओमेगा थ्री फ्याट्टी अम्ल, प्रोटिन, फाइबर, एन्टी अक्सिडेन्ट जस्ता आवश्यक तत्व पाइन्छ । ओखर सेवन गर्छन् उनीहरुमा स्मरण शक्तिको बढोत्तरी हुन्छ ।
दहीमा प्रोटिन, कार्बोहाइड्रेट, खनिज, चिल्लो, क्याल्सियम तथा फोस्फोरस जस्ता लवणहरु पाइन्छ । यसले सरीरमा लाभदायी जिवाणुलाई समेत फाइदा पुर्याउँछ भने हानिकारक जिवाणुलाई नष्ट गर्न सहयोग गर्छ । अलैँचीमा प्रशस्त मात्रामा प्रोटिन तथा फाइबर हुने भएकाले यसको सेवन समेत मस्तिष्कको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।








