‘गर्भवती अवस्थामा टन्न केरा खानेले छोरा जन्माउँछ’

एजेन्सी । हामीले सुन्दै आएका कुराहरु जस्तै – खुर्सानी ओसिएमा पानी पर्छ । गर्भवतीले टन्न केरा खाए छोरो जन्मन्छ । दुध धेरै खाएमा बच्चा गोरो जन्मिन्छ आदि । यी मध्ये केहीमा सत्यता रहेको बिज्ञहरुले समेत प्रमाणित गरेकाछन् ।

पितृ सत्तात्मक देशमा छोराको महत्व धेरै हुन्छ । जति धेरै शिक्षित परिवार भएपनि छोरा र छोरीबीचको विभेदको कुरा बाहिर आउने गरेको छ । धेरैले छोराकै चाहानाका कारण पारिवारिक सम्बन्ध विगारेका पनि छन् । छोराको चाहाना राखेकै कारण गर्भपतनको क्रम पनि बढेको छ ।

अक्स्फोर्ड बिश्वविद्यालयका बिद्वानहरुले बर्षौदेखि मानिदै आएको अन्धबिश्वासलाई तोड्ने नियतले एक समूह बनाई अध्ययन गरेका थिए र नतिजामा उनीहरुले के पाए भने अधिकांस अवस्थामा धेरै केरा खाँदा छोरा नै हुन्छ ।
त्यसैगरी कम क्यालोरियुक्त खाना खाने र थोरै केरा खानेको भने छोरी भएको अनुसन्धानबाट देखिएको थियो ।

अनुसन्धानकर्ताहरुका अनुसार, केरामा पोटासियमको मात्र धेरै हुन्छ, जसले लिङ्गको लम्बाइ बढाउन समेत मद्धत गर्छ । तर, उनीहरुको अध्ययन अनुसार, केरा खाँदा छोरा हुने सम्भावना ५५ प्रतिशत हुन्छ । त्यसैगरी गर्भवती हुँदा छाती बढि पोल्छ भने रौं धेरै भएको बच्चा जन्मने कुरा पनि बैज्ञानिक अनुसन्धानले पुष्टि गरेको ।

यसको लागि उनीहरुले ७ सय ४० गर्भवती महिलाहरुलाई सहभागी गराएका थिए । सहभागीहरु मध्ये जसले धेरै क्यालोरीयुक्त खाना वा केरा खाएका थिए । उनीहरुको छोरा भएको थियो भने थोरै क्यालोरियुक्त खाना खाने र थोरै केरा खानेको छोरी भएको थियो ।

[sidebar name="button post"]