एजेन्सी । कुन संस्कारबाट हामी हुर्केका छौं भनी बुझ्ने हो भने बोक्सी, भूतप्रेतबारे धेरै कुरा थाहा हुन्छ । बाबुबाजे लगायतबाट हामीले धेरै कुरा ग्रहण गरेका हुन्छौं । उहाँहरुबाट हामीले वंशाणु गुण त लिएका हुन्छौ नै, साथसाथै उहाहरुको चिन्तन, विश्वास र सोचाई पनि नजानिदो ढंगले ग्रहण भएको हुन्छ । ती पुराना संस्कारहरु पहिलेभन्दा घटेपनि अस्तित्वमा अझै छन् ।
हाम्राे समाजमा बोक्सीले रगत चुसेर यस्ताे दाग आएकाे भनिन्छ, तर याे हाम्राे अन्धबिश्वास मात्र हाे । धेरै जस्ताे महिलाको पाखुरा र खुट्टामा यस्तो दाग देखियो भने हाम्राे समाजमा बोक्सीले चुसेको भन्छन् । तर, धर्म शास्त तथा बैज्ञानिकले पनि बाेक्सि छ भनेर कुनै गिनिज बुकमा पृष्टि गर्न सकेका छैन्न ।
कहिलेकाहिँ विहान उठ्दा तपाईंको शरीरमा निलो दाग–धब्बा देखिन्छ ? यस्तो दाग दुख्छ पनि ? यदि तपाईंको शरीरमा पनि निलो दाग र धब्बा देखिन्छ भने सावधान भइहाल्नुहोस् । किनकि शरीरमा आउने कुनै पनि परिवर्तनले तपाईंको नराम्रो स्वास्थ्य अवस्थालाई संकेत गरिरहेको हुन्छ ।
किन बस्छ निलो दाग ?
छालको कुनै भागमा चोट लाग्दा रक्त नलिमा क्षति पुग्न जान्छ । जसको कारण छालामा निलो दाग देखिने गर्छ । यस्तो चोटपटकले सम्बन्धित ठाउँमा रगत पनि जम्ने गर्छ । र, आसपासको कोशिकामा फैलिएर जान्छ ।
के कारणले शरिरमा नीलो ढाम देखिन्छ त ?
-भिटामिन र मिनरल्सको कमी
-वन विलीब्रान्ड डिजीज
-कोलोजनको कारण
-छालामा चोट
-खानामा पोषण तत्वको कमि
-क्यान्सर र किमोथेरापीका कारण
-औषधी सेवनका कारण
-बढ्दो उमरका कारण
-वंशाणुगत रोग हिमोफिलियाका कारण
-थ्रम्बोफिलियाको समस्याका कारण
अनि पर्पल र गहिरो रङ भएर जान्छ । र, विस्तारै निको हुन्छ । यसरी बढी उमेरका मानिसमा दाग देखिने मुख्य कारण भनेको रक्तनलीमा लामो समयदेखि लगातार परेको सूर्यको किरण हो । यस्तो किरणले रक्तनलीलाई कमजोर बनाउँछ ।











