Ad #144479

एजेन्सी । हाम्रो बानि कतिपय अवस्थामा अरुसंग सामान मागेर पनि काम चलाउने गर्दछौँ । कहिल्यै कहिँ अरुसँग मागेको सामानले र्दुभाग्य समेत निम्त्याउँछ । केहि यस्ता वस्तुहरु हुन्छन्, जसको प्रयोग मागेर गर्नबाट बच्नुपर्दछ ।
१. चप्पल
कहिल्यै पनि अरुको चप्पल प्रगोग गर्नु हुँदैन् । हामी कहिल्यै कहिँ विवाह, पुजाआजा वा धेरै मानिस जमघट हुने कार्यक्रममा अरुको पनि जुत्ता लगाएर आउने गर्दछौं । अरुको चप्पल लगाउने मानिसको यो बानिले दरिद्रता निम्त्याउने गर्दछ ।
२. घडी
कहिल्यै पनि अरुको नाडिमा बाधिएको घडि खोलेर आफुले लगाउनु हुदैन । मान्यता अनुसार घडीको सम्बन्ध व्यक्तिको जीवन र उसको समयसंग जोडिएको हुन्छ । अरुको घडि मागेर लगाउँदा धनिको खराब समय तपाईसंग जोडिने मान्यता रहेको छ ।
३. कलम
हाम्रो अर्को बनी जहिलै अरुको कलम मागेर चलाउने गर्छौं । अक्सर कार्यालय तथा स्कुल कलेजमा अरुसंग कलम मागेर काम चलाइन्छ । तर यस्तो बानीले आर्थिक र करियरको क्षेत्रमा हानि बेहोर्ने बनाउन सक्छ ।
४. काइँयो
स्वास्थ्य मात्र नभई भाग्यका दृष्टिमा पनि अरुको काइँयो प्रयोग गर्नु हानिकारक मानिन्छ । यसरी अरुको काइँयो प्रयोग गर्दा टाउकोसंग सम्बन्धित बाधाहरु उत्पन्न हुनसक्छ । यसका अलावा भाग्यमा विपरीत असर समेत पर्न सक्छ ।
५. कपडा
अरु कसैको कपडा पहिरीनु समेत दुर्भाग्यको कारक मानिन्छ । मागेर कपडा लगाउँदा यसले स्वास्थ्यमा समेत हानी पार्ने गर्दछ । मान्यता अनुसार अरुको कपडा लगाउँदा त्वचाको संक्रमण हुनुका साथै नकारात्मक ऊर्जा उत्पन्न हुने भएकाले यसले अभाव निम्त्याउँछ ।
६. औठी
अरुसंग मागेर लाउन नहुने अर्को सामाग्री हो, औठी । रत्नवाला औठी मात्र होइन कुनै पनि धातुको औठी समेत अरुको लगाउनु हुदैन । औठी लगाउने औलामा मानिसको जीवन र स्वास्थ्य जोडिएको हुन्छ । यस्तोमा अरुको औठि लगाउँदा सर्तक रहनुहोला ।