एजेन्सी । खानपान, शारीरिक व्यायाम र निद्रा स्वस्थ जीवनशैलीका तीन खम्बा मानिन्छन्। यी तीन पक्षमध्ये खानपान र शारीरिक व्यायामका बारेमा व्यापक छलफल गरिन्छ र तिनका बारेमा बुझ्न खोजिन्छ।
तर निद्राका बारेमा व्यक्तिगत र सामाजिक रूपमा पनि त्यति धेरै छलफल हुँदैन। घरभित्रै कैद भएर बस्नु पर्दा दिक्क मानेर समय कटाउन भन्दै खाना खाए लगत्तै धेरै दिउँसो सुत्ने बानी धेरैमा परेको छ ।
दिउँसो केहि मिनेट मात्र आराम गरेमा यसले कुनै असर गर्दैन । तर लामो निन्द्रामा भने पर्नु हुदैन । आराम गर्दा प्राकृतिक हावा लाग्ने स्थान हुनु पर्दछ । तर बिरामी वा अस्वस्थ्य नभई दिउँसो सुत्ने बानी निकै हानिकारक हुने गर्दछ ।
– दिउँसो एक घन्टाभन्दा बढी सुत्दा टाइप टु डायबिटिजको खतरा हुने गर्दछ ।
– दिउँसो सुत्ने मानिसहरुमा भोक धेरै हुन्छ जसले ब्लड सुगर बढाउँने गर्दछ ।
– मुटुसम्बन्धी रोग, ब्रेन स्ट्रोक कारक पनि दिउँसोको सुताई हुने गर्दछ ।
– दिउँसो सुत्ने बानीले कालान्तरमा कलेजो क्यान्सरको खतरा हुने गर्दछ ।
– डायबिटिज वा मोटोपनका कारण पनि लिभर क्यान्सरको खतरा रहन्छ ।








