४४४ किलो वजन भएको युवक आफूलाई सुहाउँदो श्रीमतीको खोजीमा

एजेन्सी । धेरैले विवाह गर्न आफुलाई सुहाउँदो जोडी खोज्ने गर्छन् । यस्तै पाकिस्तानका एक युवकले पनि आफुलाई सुहाउदो जोडी खोजिरहेका छन् ।

२७ वर्षीया पाकिस्तानी वेटलिफ्टरको शरिर निकै ठुलो छ । उनी अहिले आफुलाई मिल्ने पत्नी खोजीरहेका छन् । सुन्दा अचम्म लाग्ला उनको तौल ४४४ केजी रहेको छ । तर त्यस्ती युवती नपाउँदा उनले तीन सय प्रस्ताव समेत अस्वीकार गरिसकेका छन् ।

हयातलाईमात्र होइन उनको परिवारलाई आफ्नो घरकी बुहारीको वजन कम्तीमा १०० किलो हुनुपर्ने लाग्छ । तिनको विचारमा दुलाहा दुलहीबीच धेरै भिन्नता भयो भने जोडी जम्दैन ।

उनका परिवारले पनि बुहारी १०० केजी र उचाई  ६ फिट चार इन्च हुनपर्ने नत्र जोडी नमिल्ने बताएका छन् । तर खोजी गर्दा भनेजस्तो बुहारी पाउन सकेका छैनन् । हयातले दैनिक हजार क्यारोरी भएको खाना र दैनिक ३६ वटा अण्डा खाने गर्छन् ।

[sidebar name="button post"]