काठमाडौं । मानिस शारीरिक र मानसिक रुपमा फूर्तिलो हुनु आवश्यक पर्छ । दिमागलाई स्वस्थ राख्ने केही उपाय अपनाउ सकिन्छ ।
मस्तिष्कको शक्ति र स्मृतिले मानिसहरूको जीवनमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । उक्त कारण दिमागलाई स्वस्थ राख्न आफ्ना अस्वस्थ व्यवहार हटाउँदै जानुपर्दछ । त्यस्तो गर्नाले मानिसले आफ्नो जीवनमा सफलता प्राप्त गर्दै जानेछ l
दिमाग अस्वस्थ रहनुका कारण
नशालु पदार्थ सेवन ।
पौष्टिक खानाको कमी
लामो समयसम्म चिन्तित हुनु
काममा असन्तुष्टि
अनिद्रा, शारीरिक तथा मानसिक थकान
दिमाग अस्वस्थ रहनुका लक्षणहरू
निराश
कमजोरी
अल्छीपन
अरुचि
मानसिक थकान
सम्झिने शक्ति घट्दै जानु l
दिमागलाई बलियो बनाउने अन्य १० उपायहरु
१. आफूले आफैलाई चिन्न दिनमा १५ मिनेट समय देउ,
२. दिनमा कम्तीमा पनि एउटा गाह्रो काम गर,
३. आफ्नो एउटा नराम्रो बानी छोड,
४. चुनौतीको पहिचान गर लक्ष्यलाई चिन,
५. आफ्नो बलियो र कमजोर पक्षको पहिचान गर,
६. दिनहुँ टिपोट गर्ने, आफूले आभार भएका घटनालाई लेखेर राख्ने गर्नुपर्छ,
७. दिनको १० ओटा उपायहरु लेख्नुहोस, जसले तपाईको उपाय बताउने मांशपेशीलाई स्वस्थ्य राख्छ,
८. आफैसँग सकारात्मक संवादको विकास गर्ने,
९. आफ्नो शरीरको ख्याल राख्ने,
१०. स्वस्थ्य वातावरणको निर्माण गर्ने ।










