निन्द्रा नलागेर चिन्तित हुनु हुन्छ ? अपनाउनुहोस् यी उपाय

कतिपय मानिसलाई निन्द्रा नलाग्ने समस्या हुन्छ। सुत्ने समयमा निन्द्रा नपर्नु, निन्द्रा परेपनि राति बिउँझनु र फेरि सुत्न नसक्नु, बिहान अति चाँडै आँखा खुल्नु अनिन्द्राको लक्षण हुन्। हुन त उमेरले ३० नाघेपछि अनिन्द्राको समस्या हुन्छ भन्ने डाक्टरहरु बताउँछन्। तर अनिन्द्राले विभिन्न समस्या ल्याउन सक्छ।

के तपाईँको ढिला सुत्ने बानी छ, र राति अबेरसम्म निन्द्रा लाग्दैन ? यदि त्यसो हो भने अपनाउने गर्नुहोस् l यी उपायहरू जसले गर्दा छिटै सुत्ने बानी बसाल्नुका साथै छिटै निन्द्रा लागी निन्द्रा नलाग्ने समस्याबाट पनि मुक्ति दिलाउन सक्दछ l अनिन्द्राको समस्या कम गर्न यस्तो तरिका अपनाउन सकिन्छ:

१. छिटै निन्द्रा लाग्नका लागि अपनाउनुहोस् यी उपाय :
२. ज्यादा भोजन वा खाली पेट नबस्ने बानी बसाल्नुपर्दछ । किनकि धरै खान र खाली पेटले गर्दा पनि निन्द्रा नलाग्ने समस्या उत्पन्न हुने गर्दछ ।
३. बेलुकी समयमा भारी खाने कुरा र मद्यपान, धूमपान, कफी आदि जस्ता पदार्थ सेवन नगर्ने ।
४. एउटै समयमा सुत्ने र उठ्ने जस्ता बानीलाई कायम नै राख्ने ।
५. सुत्नु भन्दा अगाडी नै नुहाउनुपर्छ । जसले गर्दा आराम भएको महसुस हुनका साथै मिठो र छिटै निन्द्रा लाग्ने गर्दछ ।
६. शरीरलाई फुर्तिलो र ताजा बनाउनका लागी सधै जसो व्यायाम गर्ने बानी बसाल्ने । जसले गर्दा छिटै निन्द्रा लग्न मदत गर्दछ ।
७. सुत्नु पहिले मन तातो पानी वा दूध पिउनुपर्छ । जसका कारण छिटै निदाउन सकिनेछ ।

[sidebar name="button post"]