एजेन्सी । हाम्रो शरीर स्वस्थ राख्नको लागि खानापन र व्यायाम मात्रै होइन । आरामको पनि धेरै महत्वपूर्ण भूमिका हुन्छ । चिकित्सकहरुका आनुसार हामी दैनिक कम्तिमा ७ देखि ८ घण्टा राम्रो सँग सुत्नु पर्छ दिनभरीको काम र व्यस्त जीवनीले गर्दा बेलुका हाम्रो शरीर निकै थाकेको हुन्छ । यस्तो हुनुमा हाम्रो अव्यवस्थित जीवनशैली जिम्मेवार छ । यदि तपाइको राम्रोसँग सुट चाहनुहुन्छ भने राति सुत्नुअघि कहिल्यै गर्नुहोस्यी ५ काम :
१. सुत्नु अघि व्यायाम :
हाम्रो स्वास्थ्यर शरीरको लागि व्यायाम एकदमै महत्वपूर्ण कुरा होर तर राती सुत्नु भन्दा कम्तिमा तिन घण्टा अगाडी नै गरेको राम्रो । किनभने एक्सरसाइसले तापक्रम बढाउछ।
२. टिभी हेर्ने वा वेव सर्फ गर्न :
अध्ययनहारुका अनुसार सुत्नु अघि स्क्रिन हेर्नाले तपाइको निदाउने क्षमतामा ह्रास आउँछ ।
३. तातो पानीले नुहाउने :
तातो पानीले नुहाउनेले तपाइको शरीरको तापक्रम बढाउँछ .तातो बढ्नाले र पसिना आउनाले तपाइको सुत्न गाह्रो बनाउँछ ।
४.धेरै तरल पदार्थ पिउने :
क्याफिन र अल्ककोहल दुबैले सुत्न गाह्रो बनाउछ, यसैगरी सुत्नु अघि एक दुई घण्टा भित्र धेरै तरल पदार्थ पिउनाले बाथरुम धेरै जाने बनाउँछ र तपाइको निदा बिथोल्न सक्छ ।
५.राती अबेरसम्म काम :
तपाइको जति नै महत्वपूर्ण काम भएपनि राती गर्नु भन्दा बिहानै उठेर गर्दा राम्रो हुन्छ । किनभने सुत्नु अघि काम ध्यान केन्द्रित गर्दा तपाइको दिमाग उत्तेजित हुन्छ त् तनाव उत्पन्न हुन्छ जसले राम्रोसँग निदाउन दिंदैन ।








