हरियो खुर्सानीका अनेकौँ फाइदा

पिरो खान मन पराउने धेरै हुन्छन् । तर, अत्यधिक पिरो त्यसमा पनि मसलेदार खानेकुराले छाती र पेटमा समस्या गर्छ । यद्यपि, हरियो खुर्सानी खाने हो भने पिरो स्वादसँगै अन्य लाभसमेत उठाउन सकिन्छ ।जसले स्वादलाई निखार्ने गर्छ l तर प्राय जसोले भन्ने गर्छन् कि, पिरो खाएमा स्वास्थ्यमा हानी हुन्छ साथै विभिन्न रोगहरूको सिकार भइन्छ l तर, त्यो भ्रम मात्र हो l यदि पिरो खानसके खानाका साथ साथै स्वास्थ्यलाई पनि रोग मुक्त गराउँदछ l

त्यसैले आउनुहोस् चर्चा गरौँ, पिरो खादा हुने स्वास्थ्यमा फाइदाबारे हरियो खुर्सानीले पेट र छातीमा असर गर्दैन । यसमा भिटामिन ए, बी–६, सी, आइरन, पोटासियम, कार्बोहाइड्रेट र अन्य धेरै पोषक पदार्थ पाइन्छन् l जसलाई तल उल्लिखित गरिएको छ l

अब यसका फाइदाबारे चर्चा गरौँ :

१. हरियो खुसार्नी क्यालोरी रहित हुन्छ ।
२. हरियो खुसार्नीले डाइविटिजलाई पनि फइदा गर्छ । हरियो खुर्सानी खानाले तपाईको शरिरको ब्लड शुगर लेबल सन्तुलित हुने गर्छ ।
३. पाचन शक्ति बढाउँछ । खुर्सानीमा फाइबर हुन्छ, कब्जीयतबाट बचाउँछ। यसले खाना सजिलै तरिकाले पचाइदिन्छ र यसले पाचन सम्बन्धी बिमारीहरुलाई राहत मिल्छ ।
४. हरियो खुसार्नीमा एन्टी बैक्टीरियल गुण पाईन्छ जसले गर्दा छाला सम्बन्धि रोग लाग्नबाट बचाउँछ ।
५. क्यान्सर बाट बच्न हरियो खुर्सानीले सहयो गर्छ ।हरियो खुर्सानीमा एन्टीअक्सीडेन्ट हुन्छ जसले शरिरको रोग प्रतिरोधक क्षमता बढाउँछ । पुरुषहरुलाई हरियो खुर्सानीले पोस्ट्रेट कैंसर को खतराबाट बचाउने गर्छ ।
६. प्रतिरक्षामा सुधार ल्याउँर्न सहयोग गर्छ । हरियो खुर्सानीमा भिटामिन सी भरपूर मात्रामा हुन्छ जसले प्राकृतिक प्रतिरषमा सुधार गर्छ । यसले तपाईलाई विमारी हुनबाट बचाउँछ अर्थात् रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
७. हरियो खुर्सानी सेवन गर्नाले छालाको लागी फाइदाजनक । हरियो खुर्सानीमा भिटामिन इ पनि पाइन्छ जसले छालाको लागि आवश्यक प्राकृतिक तेल बनाउने गर्छ । यसले छाला मुलायक र राम्रो हुन जान्छ ।
८. हरियो खुर्सानीको सेवनले शरीरमा आइरनको कमी हुनबाट बचाउनुका साथै दिमाग तेजिलो बनाउँछ
९. पिरोको सेवन गर्नाले रगतमा चिनीको मात्रा घटाउँछ ।
१०. पिसाबको बिरामी लाई लाभदायक छ । हाडजोर्नी लगायतका दुखाइ घटाउँछ । विशेष गरेर अकबरे खुर्सानी हालेर बनाइएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ । साथै थकाइ पनि मेटाउँछ ।

तर यसको सेवन भने ठिक्क मात्रामा गर्नु पर्छ फाइदा गर्छ भन्दैमा बढी भने खानु हुँदैन ।

[sidebar name="button post"]