नेपाली बजारमा सुनको मूल्य घट्बढ

१० मंसिर, काठमाडौं। पछिल्लो केहिदिन देखि नेपाली बजारमा सुनको मूल्य घट्बढ भइरहेको छ। मंगलबार सुनको मूल्यमा १८ सयले घटेको छ। तिहारपछि सुनको मूल्यमा लगातार गिरावट भएको छ।

बुधबार छापावाल सुन प्रतितोलामा १ हजार रुपैयाँले घटेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९१ हजार रहेको छ ।

मंगलबार पनि सुन तोलामा १ हजार ८ सय रुपैयाँले कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर एक हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

[sidebar name="button post"]