होसीयार ! यी रोग भएकाहरुले अदुवा नखानुहोस्

अदुवा भन्ने बित्तिकै हामीले प्राय जसो सबैले प्रयोग गर्दछौ र यसले हाम्रो स्वास्थ्यमा धेरै फाईदाहरु पनि गर्दछ तर हाम्रो शरीरमा हुने सबै समस्याहरुलाई अदुवाको सेवनले राम्रो हुन्छ भन्ने हुदैन कतिपय मानिसहरुलाई अदुवाको शेवनले राम्रो हुनुको सट्टा झनै उल्टै हानिकारक हुन सक्छ ।

अदुवालाई ताजा, सुकेको, धुलो वा जुस र तेल जुनसुकै रुपमा प्रयोग गर्न सकिन्छ । यसले पाचन शक्ति बढाउनुका साथै वाकवाकीलाई रोक्ने रुघाखोकी लाग्ने समस्याबाट बचाउँछ । अदुवालाई अंग्रेजीमा जीन्जर भनिन्छ । हाम्रो भान्छामा नछुट्ने र औषधीको गुण भएको अदुवाका फाईदाबारे पक्कै पनि थाहा पाउनुभएकै होला ।

अदुवाको प्रयोगबाट हाम्रो स्वास्थ्यमा धेरै फाईदाहरु पुग्छ । रुघाखोकी लाग्दा, दम र गहिरो खोकीमा , चिसोका कारण भएको बाथ र कम्मर दुखेमा, बान्ता भएमा , ज्वरो आएको बेला पेटमा ग्यास भरिएको अवसथमा सास गनाउने समस्या भएकोमा, भोक नलागेमा वा पेट सफा नभएमा अदुवाको प्रयोग गरिन्छ ।

त्यसैले यस्ता समस्या हुनेहरुले अदुवाको प्रयोग गर्नु उचित हुदैन :
१ . अदुवा धेरै सेवन गर्दा रगतमा सुगरको मात्रा बढ्ने हुँदा मधुमेहका बिरामीहरुले पनि अदुवा खानु हुँदैन ।
२. पेटको समस्या छ भने अदुवा सेवन गर्नु हुदैन । अदुवाले शरीरमा एसिडको मात्रा बढाउने हुँदा समस्या बल्झन्छ ।
३. महिलाहरुलाई महिनावारीको समस्या छ भने पनि अदुवा सेवन गर्नु हुँदैन । रगतसम्बन्धी समस्या छ भने पनि अदुवा नखाँदा नै बेस हुन्छ ।
४. उच्च रक्तचापका बिरामीले पनि अदु्वा खानू हुँदैन ।
५. गर्भवतीले पनि अदुवा नखाँदा नै ठीक हुन्छ । पछिल्लो तीन महिना त झनै अदुवा खानुहुँदैन ।
६ . तौल बढाउन चाहनेले पनि अदुवा नखाएको राम्रो ।

औषधि सेवन गरिरहेकाले पनि सकभर अदुवा खानूहुँदैन । किनकि, यसले औषधिसँग मिलेर अझ बढी समस्या निम्त्याउँछ ।

[sidebar name="button post"]