८ मंसिर, कास्की । पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ । यात्रु भने गम्भिर घाइते भएका छन् । सोमबार दिउँसो करिब एक बजे फिस्टेलको प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलट राजु गैरे नेपालीको मृत्यु भएको हो।
दुर्घटनापछि गम्भीर घाइते भएका नेपालीलाई उपचारको लागि पोखराकै मेट्रो सिटी अस्पताल लगिएपनि उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा काठमाडौं बुढानिलकण्ठ नगरपालिका २की २८ वर्षीया शीला श्रेष्ठ गम्भीर घाइते छिन्। उनको पोखरामा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ ।












