Ad #144479

तपाइँले बाटोमा हिडिरहेको बेलामा पैसा भेट्नु भएको छ ? टिप्नु पनि भएको होला ? यस्तो पैसा भेट्नुलाई कतिले शुभ र कतिपयले अशुभको रुपमा लिने गरेका छन् ।

अक्सर सपनामा बाटोमा पैसा भेटिएको देखिन्छ । धेरैको कल्पनामा बाटोमा हिड्दा हिड्दै पैसा भेट्ने सपना पनि हुनसक्छ । र कतिपय अवस्थामा साच्चै बाटोमा पैसा पनि भेटिने गर्दछ । तर के बाटोमा भेटिएको पैसा टिप्नु हुन्छ त ?

कतिपयले बाटोमा भेटिएको पैसालाई शुभ मान्दछन् भने केहिले यसलाई अशुभको प्रतिक मान्दछन् । हिन्दु धर्ममा धनलाई लक्ष्मीका रुपमा मान्ने गरिन्छ । हिन्दू धर्म दर्शनको मान्यता अनुसार सिक्का पैसा भेट्नु र नोट भेट्नुका फरक फरक अर्थ रहेका छन् ।

बाटोमा भेटिएको पैसालाई के गर्ने ?

– यदि बाटोमा हिड्दा बाटोमा पैसा भेटियो भने मानवियता र ब्यवहारीकताका आधारमा जसले त्यो पैसा हरायो त्यसको खोजि गरी भेटेर फर्काउनु परोकार हुन्छ ।
– जुन पैसा आफ्नो होइन त्यसबारे लोभ पाल्नु उपयुक्त हुदैन । यदि हराउने ब्यक्तिको पहिचान गर्न सकिएन भने यसको जानकारी सामाजिक सञ्जाल लगायत अन्य माध्यमबाट दिएर उसलाई फर्काउने प्रयाश गर्न सकिन्छ ।
– यदि त्यो पनि सम्भव नभए कुनै परोपकारी काम, दान वा धार्मिक काममा लगाउन सकिन्छ । यसमा पैसा भेट्ने मानिसको नियत र स्वभाव नै मुख्य मानिन्छ ।
– प्रतिकात्मक रुपमा कुरा गर्ने हो भने धनको अर्थ शक्ति, सत्ता र मूल्यसँग छ ।

– जो व्यक्तिले भेटिएको सिक्का आफ्ना हातमा लिन्छ उसको शरीरको उर्जा त्यस सिक्काको माध्मबाट अर्को व्यक्तिसम्म पुग्छ । एक बाट अर्कोमा यो श्रृंखला बढ्दै जान्छ ।
– हरेक व्यक्तिको उर्जा त्यस सिक्कामा पुग्ने गर्छ । र विस्तारै विस्तारै मानिसको उर्जा त्यस सिक्कामा संग्रह हुँदै जान्छ ।
– पहिलो, पैसा भेटेको समयमा तपाईको दिमागमा के चलिरहेको थियो र दोस्रो तपाईले नोट फेला पर्नुभयो कि सिक्का ?
– यदी तपाईले सिक्का फेला पार्नुभएको छ भने यसको समबन्ध नयाँ कामको शुरुवातसँग छ ।

– आकाशीय शक्ति तपाईलाई बताउन चाहिरहेको हुन्छ कि तपाइृको मस्तिष्कमा जो विचार आइरहेको छ त्यसलाई सफलता तर्फ लैजान खोजिरहेको छ ।