काठमाडौं । एक अनुसन्धान अनुसार मानिसहरुको रगत समुह अनुसार उसको चालचलनको बारेमा थाहा पाउन सकिन्छ र रगत समुह फरक भएमा मानिसको विचार र बानी फरक हुने सम्भावना धेरै हुन सक्छ। यहाँ रगत समुहसँग सम्बन्धित केही बानीको बारेमा दिईएको छ।
ओ (O) रक्त समुह : यो रक्त समुहका मानिसहरु नेतृत्व गर्न चाहन्छन । यिनिहरुलाई जे देख्यो त्यही चहिने स्वभाब हुन्छ । र सफलता नपाउन्जेल सम्म प्रयास जारी राख्ने बानी हुन्छ । ओ रक्त समुहका माहिसहरु प्राक्टिकल र व्यावहारिक हुन्छन् । यिनीहरु सत्यको खोजि गर्ने खालका हुन्छन् । यसैगरी यी रक्त समुहका मानिस बेसोमति र कठोर प्रवृत्तिका हुन्छन् भने स्वावलम्बी पनि हुन्छन् । यी ब्लड ग्रुपका मानिसहरु एकान्तप्रेमी हुन्छन् । यिनीहरु केहि सिक्ने र केहि नयाँ ज्ञान हासिल गर्ने खालका हुन्छन् ।
ए (A) रक्त समुह : यो रक्त समुहका मानिसहरु सद्भाब, शान्ती र संगठन मन पराउछन । अरुसँग मिलेर राम्रोसँग काम गर्न सक्ने खुबी हुन्छ । यो समुहका मानिसहरु सम्बेदनशील, स्नेही, दयालु ब्यत्तित्वका हुन्छन । दिमाग तिखो प्रकृतिको हुन्छ भने यिनीहरु अन्तर्मुखी प्रकृतिका हुन्छन् । कुराहरु गोप्य राख्ने प्रवृत्ति यिनीहरुमा हुन्छ । अरुलाई सजिलै विश्वास गर्दैनन् । किनभने सहज विश्वास गरिहाल्ने बानि यिनीहरुमा हुँदैन ।यो रक्त समुहका मानिसहरुको कमजोरी भनेको हठी हुनु र चुपलागेर बस्न नसक्नु हो जस्तै बि र ओ रक्त समुहका मानिसहरुको जस्तो बानी यिनीहरुको हुँदैन । आफ्नै दुनियाँमा रम्ने प्रकृतिका हुन्छन् यिनीहरु ।
बि (B) रक्त समुह : बि पोजेटिभ होस् या बि नेगेटिभ यो रक्त समुह हुने मानिसहरु कुनै पनि विषयवस्तुलाई सहजै स्वीकार गर्दैनन् ।आफ्नो विचार आफ्नो धारणा र त्यो विषयवस्तु राखिहाल्छन् । हरेक चिजलाई आफ्नो हिसाबले लिने खालका हुन्छन् यस्ता मानिसहरु । यिनीहरु जीवनलाई सकारात्मक रुपले लिन्छन् । नेगेटिभबाट पनि सकारात्मक कुराहरुको खोजि गरिरहन्छन् । आशावादी हुन्छन् । भाषण गर्न र अरुलाई उत्प्रेरित गर्न माहिर हुन्छन् यी रक्त समुहका मानिसहरु । अरुको जीवनीबाट धेरै कुरा सिक्छन् । अरुलाई मद्दत गर्ने खालका हुन्छन् यिनीहरु।
एबी (AB) रक्त समुह : यिनीहरु चाँडो साथी बनाउने खालका हुन्छन् । तर विश्वास गर्न गाह्रो हुन्छ यिनीहरुलाई आफैं साथि चाँडो बनाउने तर यिनीहरुलाई नै विश्वास गर्न गाह्रो हुन्छ । यिनीहरु पार्टनर फेर्ने प्रकृतिका हुन्छन् । सम्बन्धमा टिकिरहने प्रकृतिका हुँदैनन् यिनीहरु । रंगिन र देखावटी कुराहरुमा बढी आकर्षित हुन्छन् । यिनीहरु बाहिरी दुनियाँमा रमाउने प्रकृतिका हुन्छन् । यिनीहरु एउटै चिजमा टिक्न नसक्ने खालका हुन्छन् ।











