Ad #144479

प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका छन् । पछिल्लो समय पार्टीभित्र विवाद चर्किएपछि छलफल गर्न प्रचण्ड बालुवाटार गएका हुन् ।

गएको शनिबारदेखि ओली र प्रचण्डसँग छलफल भएको थियो । सो छलफलमा ओली प्रचण्डसँग नेकपा फुटाउनुपर्ने प्रस्ताव गरेका थिए । सो प्रस्तावपछि दुई नेताबीच दुरी बढेको थियो । नेकपामा पनि विवाद बढेको थियो ।

नेताहरुबीचमा पनि आपसी तिक्तता बढेको थियो । विवाद बढ्दै गर्दा नेताहरुबीचमा छलफल भएको थिएन । झण्डै हप्तादिनपछि प्रचण्ड छलफलका लागि ओलीलाई भेट्ने बालुवाटार पुगेका हुन् ।