पछिल्लो समय नेकपाभित्र आफ्नो स्वार्थ हेरेर गुटमा बस्ने गृहमन्त्री रामबहादुर थापा बादल माधव नेपाल गुटमा लागेको देखिएको छ । गृहमन्त्री भएयता प्रचण्ड गुट छाडेर प्रधानमन्त्री केपी शर्मा ओलीको गुटमा लागेका बादल पछिल्लो समय नेकपा विवाद उत्कर्षमा पुग्दा माधव नेपालको गुटमा देखिएका हुन् ।
खासगरी ओली र प्रचण्डबीच नेकपा फुटाउने विषयमा तिब्र छलफल र मतभेद छ । ओलीले तत्काले फुटाउने पक्षमा छन् । प्रचण्ड पनि पार्टी फुटाउनैपर्ने आवश्यकता महसुस गरिरहेका छन् । तर माधव नेपाल भने अहिल्यै नेकपा फुटाउन नदिने पक्षमा छन् ।
दुवै पक्ष मिलेर जानुपर्ने अडानमा रहेका माधव नेपाललाई गृहमन्त्री बादलले साथ दिइरहेका नेताहरुको भनाई छ । यस विषयमा बादलको प्रचण्ड निकट नेताहरुसँग विवाद समेत गरेका थिए । पूर्वमाओवादी भएकाले प्रचण्ड गुटमा खुलेर लाग्नुपर्ने दबाब बढेपनि बादल भने तटस्थ रहन नेपालको गुटमा लागेको चर्चा छ ।
तेसाे त द्वन्द्वकालदेखि शान्तिपूर्ण अवधिको राजनीतिक घटनाक्रममा पनि बोल्दै नबोल्ने, तर अन्तिम समयमा कित्ता प्रष्ट हुनेगरी निर्णय लिने स्वभाव उनीसँग रहेको नेकपाका नेताहरु बताउँछन् ।
पार्टी भित्रको विवादको सम्बन्धमा बादलले निएको अडानचाहिँ ठ्याक्कै माधवकुमार नेपालसँग मिल्छ । पार्टीमा जति नै विवाद भए पनि पार्टी विभाजनमा कुनै पनि हालतमा जानु हुन्न भन्ने नेपालको दृढ अडान छ । उनी निकट नेताका अनुसार वादलको पनि त्यही अडान हो ।












