सरकारको बेइज्जत हुने भन्दै खुलामञ्चमा निःशुल्क खाना खुवाउने कार्यक्रम रोकेको काठमाडौं महानगरपालिका थप आलोचित बनेको छ । आलोचित बनेको महानगरपालिकाको आग्रह अस्वीकार गर्दै मनकारी संघ संस्थाले भोकाहरुलाई निःशुल्क खाना खुवाईरहेका छन् ।
हाम्रो टिम नेपाल र द हन्ड्रेड ग्रुपले खुलामञ्चमा भोकालाई खाना खुवाईरहेका छन् । रोक्न भनेर महानगर प्रहरी आएपनि निःशुल्क खाना खुवाउने कार्यक्रम रोकिएको छैन् ।
यसअघि हिजो काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सरकारको बेइज्जत भएको भन्दै निःशुल्क खाना खुवाउने कार्यक्रम रोक्न भनेका थिए । मंगलबार बिहान पनि खुलामञ्चमा कम्तीमा ३ सय जनालाई निःशुल्क खाना खुवाइएको छ ।











