सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
झापाको गौरीगञ्ज घर भएका ७३ वर्षीय पुरुषको शनिबार ६ बजेर ४५ मिनेटमा मृत्यु भएको हाे । पहिलेदेखि नै मुटुको समस्याबाट पीडित ती पुरुषमा कात्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
कार्तिक ७ गते प्रतिष्ठानको कोभिड अस्पतालमा उनी भर्ना भएका थिए ।
[sidebar name="button post"]








