आज प्रदेश नं. २ मा थप ११७ संक्रमित

प्रदेश नं. २ मा आज कोराना भाइरसबाट थप ११७ संक्रमित देखिएका छन् ।  प्रदेशअन्तर्गतका विभिन्न जनस्वास्थ्य प्रयोगशाला गरी ३०९ जनाको परीक्षण गर्दा सो सङ्ख्यामा नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नयाँ सङक्रमित फेला पर्ने जिल्लामा धनुषामा १४ जना, पर्सामा १० जना, बारा र महोत्तरीमा सात÷सात जना, रौंतहटमा १४ जना, सप्तरीमा ४१ जना, सर्लाहीमा १० जना र सिरहामा १४ जना छन् ।

प्रदेशमा हाल सक्रिय संक्रमितको सङ्ख्या एक हजार ५०२ रहेको छ भने उपचार गराइ निको भएर घर फर्कनेहरुको सङ्ख्या अहिलेसम्ममा १५ हजार ९७४ रहेको छ ।

[sidebar name="button post"]