क्रमिक रूपमा तापक्रम घट्दै, सावधानी अपनाउन माैसमविद्काे आग्रह

जल तथा मौसम विज्ञान विभागले तापक्रम क्रमिक रूपमा घट्दै गएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागका साथै लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

यस्तै, आज राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

यसैगरी आज तराई भू-भागमा हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुराेध समेत गरेकाे छ।

[sidebar name="button post"]