यी १० किसिमका मानिस कहिल्यै धन कमाउन सक्दैनन्

एजेन्सी। एउटा भनाई नै छ नि कुनै पनि मानिस गरीब भएर जन्मनु उसको कमजोरी होईन तर गरीब नै भएर मर्नु चाहिँ उसको कमजोरी हुन्छ । त्यसो भए कसरी सफल बन्ने त ?

शास्त्र अनुसार यस्ता मानिसहरू जीवनमा कहिल्यै धन कमाउन सक्दैनन् :

१) सपना देख्ने क्षमता नभएका व्यक्तिहरु कहिल्यै पनि धनि बन्न सक्दैनन्। जब उनीहरूसँग जीवनको कुनै लक्ष्य नै हुँदैन ।यस्ता मानिसको जीवन के गर्ने, कसो गर्ने भन्ने विषयमा रुमलिँदै बित्छ । त्यसैले आजैबाट एउटा सपना देखेर त्यसमा निरन्तर लागिरहनुहोस् ।

२) समयको महत्व नबुझ्ने र साघुँरो सोच भएका मानिसहरु पनि कहिल्यै धनि बन्न सक्दैनन् । आजको युगमा जो मानिस समयको गतिसँगै दौडिन सक्छ उसले मात्र सफलता हाँसिल गर्न सक्छ । त्यसैले समयमा काम गरेमा मात्रै भाग्य खुल्छ र धन आर्जन गर्न सकिन्छ ।

३) कमाई अनुसार बचत नगर्ने मानिस पनि जीवनभर धनि बन्न सक्दैनन् ।धनि हुनको लागि निश्चय पनि बचत गर्नुपर्छ । यदि तपाईं जतिसुकै कमाउनुहोस् बचत गर्नु हुन्न भने तपाईं कहिल्यै धनि बन्न सक्नु हुँदैन ।

४) समाजमा केही गर्ने इच्छा शक्ति नभएका मानिसहरू पनि धनि बन्न सक्दैनन् । त्यसैले मानिसमा केही गर्छु भन्ने इच्छा हुनु जरुरी हुन्छ ।

५) साघुँरो सोचाइँ बोकेर हिड्ने व्यक्तिहरु पनि कहिल्यै धनि बन्न सक्दैनन् । साघुँरो सोचाइ बोकेर मै खाऊँ मै लाऊ भन्ने सोचले अगाडि बढ्ने मानिसहरुले कहिल्यै सफलता हात पादैनन् ।

६) भाग्यमा विश्वास गरेर भगवान् भरोसा गर्ने मानिस पनि जीवनभर धनि बन्न सक्दैनन् । आफ्नो कर्म गर्न छोड्नु हुन्न। भाग्यमा विश्वास गर्ने मानिसहरु दिनप्रतिदिन कमजोर बन्दै जान्छन् ।

७) ऋण लिने मान्छे र अस्वस्थ्य व्यक्ति पनि कहिल्यै धनि बन्न सक्दैनन् । यिनिहरुले जीवनभर दुःख, कष्ट गर्दै आफ्नो जीवन व्यतित गर्छन् ।

८) आफ्नो मनोबललाई कमजोर पार्ने मानिसहरुले पनि गरिबी मै जीवन बिताउँछन् ।

९) स्त्री अर्थात नारीहरु शक्ति हुन । लक्ष्मीको रुप हुन् । त्यसैले स्त्री अर्थात नारीलाई सम्मान नगर्ने मानिस पनि जीवनभर धनि बन्न सक्दैनन् । नारीलाई गलत दृष्टिले हेर्नेहरुमाथि लक्ष्मीको नजर पर्दैन ।

१०) जीवन धेरै संघर्षशिल छ । जसले मेहनत र संघर्ष गर्छ उसले मात्र सफलता हात पार्न सक्छ । त्यसैले अल्छी मानिसहरु कहिल्यै धनी बन्न सक्दैनन् ।

[sidebar name="button post"]