एजेन्सी : मन छुने भन्नुको अर्थ के हो ? पक्कै पनि मन छुने भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ ।
जीवन संघर्षशील छ । हरेक उतारचढावबीचको यात्रा नै जिन्दगी हो । जिन्दगीमा सफलता त्यही व्यक्तिले हात पार्छ जो निरन्तर आफ्नो लक्ष्य प्राप्तिको खटिरहेका हुन्छन् । मानिस हरेक समय ऊर्जाशील जीवन जिउने अभिलाषा राख्ने गर्छ । तर जीवन सधैँ सोचेजस्तो भइदिँदैन।
त्यसो हुँदा मानिसहरु तनावमा पनि रहने गर्दछ । हामी आज तपाईलाई विभिन्न महान व्यक्तिहरुको प्रेरक भनाइहरु प्रस्तुत गर्न गइरहेका छौँ । केही प्रेरक भनाइ जसले तपाईंको जीवनमा परिवर्तन ल्याउन सक्छ ।
आचार्य चाणक्यले भनेका छन्, ‘जीवनमा तीन मन्त्र सधै याद राख । आनन्दको बेला वचन नदेउ । क्रोधको बेला जवाफ नदेउ । दुःखको बेला निर्णय नलेउ ।’ जीवनमा के गर्ने, के नगर्ने ? के असल, के खराब ? कुराले जीवनलाई श्रेष्ठ बनाउँछ ? के कुराले जीवन नष्ट गर्छ ? जीवन र जगतका विषयमा यस्ता अनमोल भनाईहरु यहाँ समेटिएको छ, जो निकै मननयोग्य छन् ।
हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।
-
क्रोधको बेला केही समय रोक्नुपर्छ । गल्तीको बेला केही झुक्नुपर्छ । संसारको सबै समस्या हल हुन्छ ।
-
रिस एउटा यस्तो जाल हो जसमा फस्ने पनि तपाई नै हो, उल्झिने पनि तपाई नै हो र पछी पछुताउने पनि तपाई नै हो । त्यसैले जब रिस उठ्छ तब रिस लाई भन्नुस कि अब म तेरो जालमा फस्ने वाला छैन ।
-
यदि तिमीले व्यक्तिलाई मूल्याङ्कन गर्न थाल्यौ भने उसलाई प्रेम गर्न बिर्सन्छौ ।
-
जिन्दगी उनीहरूको बर्बाद हुने हो, जसले उन्नत बनाउन कुनै प्रयास गर्दैनन् ।
-
असम्भव भन्ने कुरो वास्तवमा हाम्रो भ्रम मात्र हो ।
-
त्यो नै असल मानिस हो, जसले हरेक बिहान ऐना हेर्दा, प्रतिबिम्बमा आउने मानिसप्रति गर्व गर्न सक्छ ।
-
एउटा साँचो मानवले कसैलाई पनि घृणा गर्दैन ।
-
यहाँ न असल छ न त खराब नै असल-खराब त हाम्रो सोचाइको उपज हो ।
-
एउटा ढोका बन्द हुदाँ के तिमीलाई थाहा छ दोस्राे खुलेको हुन्छ ।
-
संसारमा यदि एकदमै राम्रो कुरा सोच्ने हो भने सर्वप्रथम त कुनै खराब कुरा सोच्न बन्द गर ।
-
पहिले मान्छेले सिकाएका थिए, समय बद्लिन्छ । अहिले समयले सिकायो कि, मान्छे पनि बद्लिन्छ ।
-
अवसर र सूर्योदयमा एउटै समानता छ । ढिलो गर्नेलाई यसले पर्खदैन ।
-
ऐना हो जिन्दगी । तिमी मुस्कुराउ, जिन्दगी पनि मुस्कुराउँछ ।
-
खुसी हुनुको अर्थ यो होइन कि तिम्रो सबैकुरा ठीक छ । यसको अर्थ त यो हो कि तिमीले दुःखबाट उठेर जिउन सिक्यौं ।
-
हामी त्यही बन्छौं जुन कुरा लगातार गर्दै रहन्छौ । त्यसैले कामले हैन, काम गर्ने बानीले हामीलाई महानताको चुचुरोमा पुर्याउँछ ।
-
अरुले आफ्ना बारेमा के सोच्छन्, त्यो महत्वपूर्ण होइन । आफूले आफ्नाबारेमा के सोचिन्छ, त्यो महत्वपूर्ण हो ।
-
सम्झौताले बनाएको सम्बन्ध स्वार्थ रहेसम्म मात्र टिक्छ तर प्रेमले बनाइएको सम्बन्ध अन्तिम सास रहेसम्म टिक्छ ।
-
यदि कसैले तपाईलाई धोका दिन्छ भने यो उसको गल्ति हो तर केहि मान्छेले फेरी धोका दिन्छन् भने अब यो तपाईको गल्ति हो किनकि तपाईले त्यो धोकेवाजलाई फेरी बिश्वास गर्नुभयो ।
-
त्यस व्यक्तिप्रति ध्यान नदेउ जो तिम्रो पीठ्युँ पछाडि कुरा गर्छ । यसको सोझो अर्थ हो तिमी उनीभन्दा दुई कदम अगाडि छौं ।
-
कसैलाई असहज स्थितिमा साथ देउ, हात देउ, हिम्मत देउ, आशा देउ । किनभने खराब स्थिति त केही समयमा गुज्रिएर जान्छ । तर, तिमीले दिएको साथ र हिम्मत उसको जिन्दगीभर रहन्छ ।
-
यदि तिमी कसैलाई अपमान गर्दैछौं भने तिमीले आफ्नो सम्मान गुमाउँदैछौ ।
-
केही नयाँ काम गर्नका लागि तिमी महान हुन आवश्यक छैन । तर, महान हुनका लागि केही नयाँ काम गर्न जरुरी छ ।
-
जो आफैमा खुसी हुन्छन्, उनीहरुको संसार पनि खुसी हुन्छ ।
-
तिमीले आफ्नो भविष्य बदल्न सक्दैनौं तर प्रवृत्ति बदल्न सक्छौं । जब प्रवृत्ति बदल्छौं, भविष्य आफै बद्लिन्छ ।
-
सबैभन्दा तिब्र उही हिँड्छ, जो एक्लै हुन्छ । तर, टाढासम्म उही पुग्छन्, जो सबैलाई साथमा लिएर हिँड्छन् ।
-
जिन्दगीलाई बुझ्न बहुत मुस्किल छ । कोही सपनाका खातिर आफन्तबाट टाढा हुन्छन् । कोही आफन्तका खातिर सपनाबाट टाढा रहन्छन् ।
-
जसलाई जे भन्नुछ भन्न दिनुपर्छ, तिमीलाई के फरक पर्छ । यो समय–समयको कुरा हो, सबैको समय आउँछ ।
-
सबैलाई त्यही तराजुमा तौलिनुपर्छ, जहाँ हामी आफुलाई तौलने गर्छौं । तब मान्छे त्यती खराब पनि हुँदैनन्, जति हामी सम्झने गर्छौं ।
-
संसारमा सबैकुरा मिल्छ, तर आफ्नो गल्ती मिल्दैन ।
-
पानीलाई जतिसुकै तातो बनाएपनि केही समयपछि आफ्नो मूल स्वभावमा फर्किएर शीतल हुन्छ । यही प्रकार हामीमा जति क्रोध, भय, अशान्ति भएपनि यसलाई क्षणिक रुपमा मात्र लिनुपर्छ । हाम्रो मूल स्वभाव त हरबखत खुसी र प्रशन्न रहनु हो ।
-
खुट्टामा लागेको चोटले सम्हालिएर हिँड्न सिकाउँछ । मनमा लागेको चोटले समझदारीसाथ जिउन सिकाउँछ ।
-
भाग्यको ढोकामा मुड्की बजार्नु भन्दा राम्रो हो कर्मको तुफान पैदा गर । भाग्यको ढोका आफै खुल्छ ।
-
सबैलाई प्रेम गर्नुहोस, केहीलाई विश्वास गर्नुहोस्, अनि हानी चाँही कसैको नगर्नुहोस्।
-
बाटोमा भुक्ने हरेक कुकुरलाई ढुङ्गाले हान्दै जानुभयो भने, तपार्इ कहिल्यै लक्ष्यमा पुग्न सक्नुहुँदैन । नकारात्मक मान्छेको वेवास्ता गर्नु जिन्दगीको सफल हुने एउटा सर्त हो ।
-
जो वर्षातमा भिज्न डराउँछ । त्यसले इन्द्रेणी देख्न सक्दैन । आगोदेखि डराउने र्इँट्टालाई त पानीले पनि हेप्दछ। केही पाउन केही सहनै पर्दछ ।
-
जिन्दगी बास्केट बल जस्तै हो, यसले जति तल प्रेसर गर्छ नि हामी उति माथि बाउन्स हुन सकिन्छ । यसैले हर नकारात्मक कुराले जिन्दगीमा ऊर्जा बोकेर आएको हुन्छ । बस् त्यसलाइ चिन्न सक्नुपर्यो ।










