वि.सं.२०७८ साल फागुन २० गते । शुक्रबार । ईश्वी सन् २०२२ मार्च ०४ तारिख । नेपाल संवत् ११४२ ।
मेष ‘चू,चे,चो,ला,लि,लू,ले,लो,अ’:- धार्मिक तथा सामाजिक काममा सक्रिय रहदा रहदै दिन बित्नेछ । आर्थिक अवस्था सुदृड बनाउन गरिएका पेशा व्यावसाय स्वत स्फुर्त रुपमा सञ्चालन हुने हुँदा दैनिक खर्च सजिलै धान्न सकिनेछ भने केहि रकम बचत गर्न सकिनेछ ।
मिथुन ‘का,की,कू,घ,ङ,छ,के,को,हा’:- व्यावसायलाई समय सापेक्ष परिमार्जन गरि मनग्गे आम्दानी गर्न सकिनेछ । मातापिताको धन तथा सम्पति प्रयोग गरी मनग्गे आम्दानी गर्न सकिनेछ । मायाप्रेममा नजिक भई आफ्ना आफ्ना भावना साटासाट गर्न सकिनेछ । बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा ल्याउन सकिनेछ ।
कर्कट ‘ही,हू,हे,हो,डा,डी,डु,डे,डो’:- साथिभाई तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिने भएपनि बिफल हुने ग्रहयोग रहेकोछ । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । प्रशासनिक क्षेत्रमा तपाईको निम्न स्तरको सहभागिता रहनेछ ।
सिंह‘मा,मी,मू,मे,मो,टा,टी,टू,टे’:- आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यापार व्यावसायमा वृद्धि हुनेछ भने आम्दानीका नयाँ नयाँ स्रोतहरु फेला पार्न सकिनेछ । नसोचेको धन तथा सम्पती हात लागी हुने योग रहेको छ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै मनग्गे धन आर्जन गर्न सकिनेछ । लामो दुरिको यात्रा हुने योग रहेकोछ ।
कन्या ‘टो,पा,पी,पू,ष,ण,ठ,पे,पो’:- प्रशंसकहरू बढ्नेछन्। इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ। विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको गाँठो कसिलो भएर जानेछन् । छोटो दुरिको धार्मिक यात्रा हुनेछ ।
तुला‘रा,री,रु,रे,रो,ता,ती,तू,ते’:- ईष्टमित्र तथा आफन्तका साथ रमाईलो यात्राको अवसर जुर्ने तथा मिठा मिठा परिकार ग्रहण गर्दै दिन कटाउन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीको मनोबल गिराउदै सकारात्मक उपलब्धी हात पार्न सकिनेछ । पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरु किनारा लाग्नेछन् ।
बृश्चिक ‘तो,ना,नी,नू,ने,नो,या,यी,यू’:- समयमा होस नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। मेहनत गर्दागर्दै पनि उपलब्धि प्राप्त गर्न मुस्किलै पर्ने समय छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्नाले पनि दुःख पाइनेछ। परिवारजनबाट टाढिनुपर्ला।
धनु ‘ये,यो,भा,भी,भू,ध,फा,ढा,भे’:- समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा शैक्षिक क्षेत्रमा राम्रो प्रगती गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न हुन सकिनेछ । मायाप्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ भने जीवनसाथीको सहयोग रहनेछ ।
मकर‘भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी’:- नयाँ काम गरी मनग्गे धन तथा सम्पति जोड्न सकिनेछ भने उद्योग,व्यापार व्यावसाय फस्टाएर जानेछ । आट,पराक्रम गर्न नडाराई अगाडी बढ्ने हो भने चाहेको गन्तब्यमा पुग्न सकिनेछ । विवाद तथा हुलमुलका बीच पनि राम्रा तथा परिणाममूखि काम गर्न सकिनेछ ।
कुम्भ ‘गू,गे,गो,सा,सी,सू,से,सो,दा’:- बिद्या तथा प्रतिस्पर्धीहरु हार खानेछन् भने तपाईको कुरा काट्ने हरुलाई पाठ सिकाउन सकिनेछ । परिवारका साथ रमाईलो वातावरण तथा हासखेलमा समय बित्नेछ । पढाईलेखाईमा थोरै समय दिदा पनि उत्कृष्ट नतिजाको अपेक्षा गर्न सकनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- व्यावसायमा प्रशस्त आम्दानी गर्न सकिनेछ भने आर्थिक क्षेत्र मजभुत रहनेछ । राजनीति तथा समाजसेवामा समय लगानि गर्नेहरुले पद प्राप्तीको योग बन्नेछ । प्रणय सम्बन्धमा सुधार भएर जानेछ भने पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ ।
तपाईको दिन शुभ रहोस् ।








