मंसिर २६ गते आइतबारदेखि पौष ०३ गते शनिबारसम्मको तपाईंको साप्ताहिक राशिफल
मेष ‘चू,चे,चो,ला,लि,लू,ले,लो,अ’:-
व्यापारमा समय दिएपनि आम्दानी न्युन हुने हुँदा आवस्यक्ता टार्न मुस्किल पर्नेछ । प्रेममा धोका हुने तथा घर परिवारमा आफन्तसँग सामान्य कुरामा नै ठुलो बिवाद हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउने तथा बेवास्ता गर्दा ठुलो रोग लाग्न सक्छ सचेत रहनुहोला । तरपनि सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईको बलियो पकड रहने हुनाले कामहरु सजिलै सम्पादन हुनेछन् । राज्यबाट पाउने सेवा सुविधा पाइने छ भने मान सम्मानमा बृद्धि भएर जानेछ । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरी प्रसाद तथा टिका ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
बृष ‘ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो’:-
साझेदारी व्यापार व्यावसायबाट प्रशस्त नाँफा कमाउन सकिने छ । पर्यटन सम्बन्धी व्यावसायमा सामान्य चहलपल हुनेछ । पारिवारिक माहोलमा दिन वित्ने हुदा मन प्रशन्न रहनेछ । मायाप्रेम तथा पति पत्नी बीचको सम्बन्धको गाठो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिस्पर्धामा अरुलाई पछाडी पारिने छ । वैदेशिक यात्राको सम्भावना निकै बलियो रहेको छ । साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ । तरपनि समस्याका खाडलहरु पुर्न अथक प्रयास गर्दा गर्दै विफल हुनुपर्दा तनाव बढ्ने छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ भने दैनिकी प्रभावित हुने छ । बिषेश गरी चेलिमाईतीसँग कुनै कारोबार गर्दा ख्याल गर्नुहोला मनमुटावको स्थिती सिर्जना नहोला भन्न सकिन्न । भौतिक सम्पती तथा सवारीसाधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
मिथुन ‘का,की,कू,घ,ङ,छ,के,को,हा’:-
दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै दैनिकी सुखद तथा सम्बृद्ध बनाउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने लामो दुरिको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । पढाईलेखाईमा थोरै समय दिएपनि उत्कृष्ट नतिजा हात पार्न सकिने छ । स्वास्थ्य सबल रहने हुँदा शरिरमा एक किसिमको जोस जाँगर आउनेछ । मायाप्रेममा नजिकिने समय रहेकोछ भने विलासी तथा भौतिक वस्तु प्राप्तिको गतिलो योग रहेको छ । धार्मिक तथा शैक्षिक यात्राको प्रसस्त सम्भावना रहेको छ । तरपनि वादविवाद तथा झै झगडाबाट टाडै बस्नुहोला अनावश्यक धन तथा स्थाई सम्पती हानी हुन सक्छ । आम्दानीको तुलनामा खर्च अधिक हुने हुँदा दैनिक गुजार गर्न गाह्रो हुनेछ । घर परिवार तथा चेलीमाईतीबीच सामान्य कुरामा राय बाजिने छ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुने हुँदा तिर्नुपर्ने ठाउँमा रकम दिन नसक्दा मन खिन्न हुनेछ ।
कर्कट ‘ही,हू,हे,हो,डा,डी,डु,डे,डो’:-
खानपानमा बिशेष ध्यान दिनुहोला, पेट सम्बन्धी समस्या आउन सक्छ । भौतिक सम्पति तथा सवारीसाधनको कारोबार गर्दा वा प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । मायाप्रेममा नचाहादा नचाहादै एक अर्का बीच छुट्टिनु पर्दा मनमा खल्लोपन महशुष हुनेछ । सन्तान तथा छोराछोरीसँग पनि मनमुटाव सिर्जन हुने योग रहेको छ । तरपनि शुभचिन्तक तथा आफन्तको सुझाबलाई मनन गरी काम गर्दा गन्तव्य पहिल्याउन सहज हुनेछ । साझेदारहरु मिलेर गरीने कुनै पनि व्यापार व्यावसाय फस्टाएर जाने छ भने मनग्गे रुपैया पैसा कमाउन सकिने छ । भौतिक सम्पती तथा विलाशी वस्तुको प्रयोग मार्फत भनजस्तो आम्दानी गर्न सकिने छ ।
सिंह ‘मा,मी,मू,मे,मो,टा,टी,टू,टे’:-
सोचेको कामहरु तत्काल गर्न नसकिने हुँदा समयले तपाईलाई पछि छाड्नेछ । पढाईलेखाईमा समय दिएपनि भनेजस्तो नतिजा हात लाग्ने छैन । भौतिक सम्पती तथा सवारीसाधनको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोल अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । तरपनि नोकरीमा प्रतिस्पर्धीहरुलाई हराउदै अगाडी बढ्न सकिनेछ भने सत्रुता राख्नेहरु आफै साईड लाग्नेछन् । विवादित निर्णयहरु तपाईकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । व्यापार व्यावसायमा लगानी गरी मनग्गे आम्दानी हुने योग रहेको छ । पुराना स्वास्थ्य सम्वन्धी समस्याहरु हल भएर जानेछन् भने संकटबाट मुक्ति मिल्ने समय रहेको छ । मायाप्रेममा रमाउन चाहनेहरुले नयाँ ठाउको भ्रमण गरी रमाउने योग रहेको छ ।
कन्या ‘टो,पा,पी,पु,ष,ण,ठ,पे,पो०’:-
पढाईलेखाईमा शुक्ष्म तरिकाले गरीएको अध्ययनले सकारात्मक नतिजा ल्याउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रबाट आउने आम्दानीले आर्थिक अवस्था मजभुत हुनेछ । आफ्नो मानिसबाट भनेजस्तो सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिने हुनाले आत्मियता बढेर जानेछ । सन्तान पक्षबाट भनेजस्तो सहयोग तथा सल्लाह पाइने तथा बंश बृद्धिको गतिलो योग रहेको छ । छोटो दुरिको यात्राको योग रहेको छ । तरपनि राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्बसाधारणसँग सन्तुलित व्यावहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा आघात पुग्नेछ । अध्ययन अध्यापनमा तपाईंको कमजोर उपस्थितिको फाईदा अरुले उठाउन सक्छन् ध्यान दिनुहोला ।
तुला ‘रा,री,रु,रे,रो,ता,ती,तू,ते’:-
सामाजिक कामगर्दा ध्यान दिनुहोला प्रतिस्पर्धाहरुले तपाईंको साख गिराउन खोज्नेछन् । खोज तथा अनुसन्धानमा दिईएको समयबाट भनेजस्तो उपलब्धी हासिल हुन मुस्किल रहेको छ । घर जग्गा तथा स्थाई सम्पतिमा बिवाद आउने योग रहेको छ भने आमा वा आफन्तसँग टाडिएर परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला समय मध्यम रहेकोछ । तरपनि अदालती तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । दाजुभाई तथा आफन्तको सहयोगमा व्यापारमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ । मायाप्रेमको डोरो कसिएर जानेछ भने जीवनसाथीको सम्बन्ध थप प्रगाढ भएर जानेछ ।
बृश्चिक ‘तो,ना,नी,नू,ने,नो,या,यी,यू’:-
न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछ भने प्रतिस्पर्धीहरुलाई परास्त गर्दै अपेक्षित नतिजा हात पार्न सकिनेछ । बिद्यामा तपाईको नाम अग्र स्थानमा आउने तथा अन्य क्रियाकलापमा पनि सहभागि भई प्रतिस्पर्धीहरुलार्ई हराउन सकिनेछ । मायाप्रेममा नजिकिने समय रहेकोछ भने पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ । व्यापारमा प्रशस्त आम्दानी हुनाले दैनिकि सहज मार्गमा अगाडि बढ्नेछ । खेलकुद तथा यस्तै पराक्रमि क्रियाकलापमा भाग लिन सकिनेछ । तरपनि बोल्दा वा कुनै निर्णय गर्दा ख्याल गर्नुहोला बोलिको गलत अर्थ लाग्ने तथा तपाईंको निर्णय तपाईं आफैंलाई आत्मघाती हुनसक्छ ।
धनु ‘ये,यो,भा,भी,भू,ध,फा,ढा,भे’:-
बचन पूरा गर्न नसक्दा आफन्त तथा ईष्टमित्रहरु तपाईदेखि टाडिन सक्छन् ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ । बोल्दा ध्यान नदिए गलत निर्णयहरु हुनेछन् भने पछि पस्चाताप हुनेछ । मंगलबारबाट समय उत्तम रहेकोले सामाजिक कामहरु समयमा गर्न सकिने हुँदा मानसम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । रोकिएर बसेका कामहरु सजिलै सम्पादन गर्न सकिनेछ भने आर्थिक रुपमा सुदृड हुने समय रहेकोछ । बिद्यार्थीहरुले आफ्नो प्रतिस्पर्धीहरुलाई सजिलै किनारा लगाउदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । व्यापार व्यावसायबाट मनग्गे धन सम्पती कमाउन सकिने हुदा आवश्यक्ताहरु परिपूर्ती हुनेछन् ।
मकर ‘भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी’:-
आफन्तजन तथा दाजुभाईबाट भनेजस्तो सहयोग पाइने हुँदा मन प्रशन्न रहनेछ । मायाप्रेममा सामिप्यता बडेर जानेछ भने परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । भौतिक सम्पती तथा सवारीसाधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ । बिद्यामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । प्राकृतिक स्रोतसाधनको प्रयोग मार्फन मनग्गे धन आर्जन गर्न सकिनेछ । तरपनि कामगर्दा बिशेष शावधानी अपनाउँनुहोला, समयमा नसकिने हुँदा मान सम्मानमा कमि हुनेछ । वाहिरी वातावरण तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउनेछ । व्यापार व्यावसायमा मन्दी आउनेछ ।
कुम्भ ‘गू,गे,गो,सा,सी,सू,से,सो,दा’:-
खनिज पदार्थ तथा पानिसँग सम्बन्धीत कामहरुबाट लाभ लिन सकिनेछ । पढाई लेखाईमा राम्रो तथा सम्मानजनक स्थान प्राप्त हुने हुँदा मन खुसी रहनेछ । माया प्रेममा एकअर्कालाई बिश्वास गर्दै अगाडि बढ्ने समय रहेकोछ । बिभिन्न किसिमका मानव निर्मित सामानहरु प्राप्त हुनेछन्भने आफूसँग भएको शिप प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । सामाजिक काम गरी राज्यबाट पद प्रतिष्ठा पाउने गतिलो योग रहेको छ । तरपनि अनावश्यक ठाउमा श्रम तथा शक्ती खर्च हुनसक्छ, ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला, सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउन सक्छ ख्याल गर्नुहोला । भुलेर गलत काम नगर्नुहोला तुरुन्त दण्ड तथा सजाय हुन सक्छ ।
मीन ‘दी,दू,थ,झ,ञ,दे,दो,चा,ची’:-
समयमा काम नसकिने हुँदा विलम्ब शुल्क तिर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला । आफन्त तथा नजिकका मानिसबाट कामका धोका हुनेछ । संगत गर्दा ध्यान दिनुहोला गलत मानिसको फन्दामा परिन सक्छ । धार्मिक तथा शैक्षिक यात्रा गर्दा विचार गर्नुहोला कष्टकर पनि हुन सक्छ । तरपनि नयाँ काम पाउने तथा नोकरीमा बढुवाको प्रशस्त सम्भावना रहेको छ । व्यापार व्यावसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने नयाँ प्रकृतिको काम गर्ने बाताबरण बन्नेछ । पढाईलेखाईमा तपाईंको नाम अग्र स्थानमा आउनेछ । आमा बुवाको सल्लाह तथा सुझाबलाई आत्मसाथ गर्दै अगाडी बढ्दा मनग्गे लाभ लिन सकिनेछ ।
राशिफलले जे जस्तो भनेपनि तपाईंको सातादिन शुभ रहोस् ।








