आज मंसिर ११ गते शनिबार, कस्तो छ तपाईंको राशिफल ?

वि.सं.२०७८ साल मंसिर ११ गते । शनिबार । तपाईंको आजको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :-

अध्ययन अध्यापनमा रुची बढ्नेछ भने बिद्या तथा प्रतिष्पर्धामा तपाईंकै नाम अग्र स्थानमा आउनेछ । । काममा आफन्तको सहयोग मिल्नेछ । शत्रु र रोगबाट छुटकारा मिल्ने तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् । काम गर्ने उत्साह र हौसला बढ्नेछ । प्रेमी प्रेमिकाबीच सम्बन्धमा सुधार आउनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):-

कुनै काम शुरु गर्नुभन्दा पनि पुरानै कामहरुलाई निरन्तरता दिनुहोला । चाहदा चाहदै पनि घरायसी शुख सुबिधाहरु प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकिय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरु हावी हुनेछन् । छातिमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा):-

दौडधुप तथा लामो खटाईले मात्र कामरु सम्पादन हुनेछन् । पुराना मुद्दाहरुको निर्णय तपाईंको पक्षमा नआउने तथा नया बिवादमा फस्ने योग रहेको छ । उद्योग तथा व्यापारमा लगानी गर्ने अवसर आएपनि तत्काल भन्दा पनि पछिको लागी फाईदा हुनेछ । आफुभन्दा ठुला तथा प्रतिष्ठित व्यक्तिहरुसँग बिवाद बढ्ने योग रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो):-

व्यापार व्यापार फस्टाएर जाने हुनाले थप लगानी गर्ने वातावरण बनेर जानेछ । कार्यक्षेत्रमा तपाईको निर्णयको उच्च सम्मान गरिनेछ भने बिशिष्ट व्याक्ति मार्फत सम्मान पाउने योग रहेको छ । कुटुम्बसँग मिलेर गरिने व्यापार व्यावसाय फस्टाएर जानेछ । बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराउदै अगाडी बढ्न सकिनेछ । मायाप्रेममा सामिप्यत बढ्नेछ भने पति पत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):-

स्वास्थ्यमा आउने समस्याका कारण कामहरु प्रभावित हुनेछन् । आत्मबल तथा मनोबल कमजोर हुने हुदा आटिला तथा पराक्रमी क्रिर्याकलापमा पछी परिनेछ । समाजमा तपाईको कामको आलोचना हुनेछ । आफन्त तथा पुर्वजहरुसँग सामान्य कुरामा पनि ठुलै मतभेद रहनेछ । पढाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । मायाप्रेममा सामान्य बिवाद सिर्जना भएपनि अन्तमा एक अर्कालाई बिश्वास गर्दै छुट्टिन पाउदा मन प्रशन्न रहनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो):-

खर्च बढ्ने तथा कामहरु नहुने प्रशस्त सम्भावना रहेकोछ । आर्थिक स्थिती खस्केर जाने हुनाले घरायसी खर्च व्यावस्थापन गर्न हम्मे हम्मे पर्नेछ । पढाईलेखाईमा समय दिन नसक्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च हुने योग रहेको छ । व्यावसायबाट आम्दानी गर्न लगानी बढाउनु पर्ला । तरपनि छोटो दुरिको यात्रा हुने तथा विदेशी सामानको व्यापार व्यावासाय फस्टाएर जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :-

व्यापार व्यावसायमा लगानी गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ । मायाप्रेममा सामिप्यता बढेर जाने ग्रहयोग रहेकोछ । सवारीसाधन तथा अन्य भौतिक सम्पतीहरु लाभ हुनेछ । पढाईलेखाईमा सुधार हुने हुनाले अरु भन्दा अगाडी बढ्न सकिनेछ । ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :-

जानकारीको अभावले कामहरु बिग्रनेछ भने आलोचनाको शिकार होईनेछ । आर्थिक पक्ष कमजोर रहने तथा यही बेलामा व्यापार व्यावसायमा मन्दी आउनेछ । आम्दानी भन्दा खर्च अधिक हुने हुनाले रुपैया पैसाको व्यावस्थापन गर्न गाह्रो पर्नेछ । पढ्नेलेख्ने काममा खासै मन नजादा अरुभन्दा पछी परिनेछ । मायाप्रेममा अबिश्वास बढ्ने योग रहेको छ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न नसक्दा मान सम्मान पाउने योग टरेर जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :-

लामो समयदेखि रोकिएका कामहरु बन्नुको साथै गरिरहेको कामबाट मनग्गे आम्दानी हुनेछ । आफन्त तथा जीवनसाथिको साथ पाईने हुनाले मन प्रशन्न हुनेछ । समाजमा तारिफयोग्य काम गरी नाम कमाउन सकिनेछ भने सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्बाह गर्नु पर्नेछ । उच्च शिक्षाको लागी लामो दुरिको यात्रा हुनेछ । व्यापारबाट मनग्गे आम्दानी गर्न सकिनेछ भने घरायसी सुख सुविधा भरपुर मात्रामा प्रयोग गर्न पाईनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :-

कामहरु समयमा नसकिने तथा अरुबाट बाधा व्यावधान हुने हुनाले मानसिक तनाब बढ्नेछ । मनोबल कमजोर हुने हुनाले काम गर्न जोस जागर हराएर जानेछ । पढाईलेखाई तपाई आफ्नै कारणले बिग्रने हुँदा अरुभन्दा पछि परिनेछ । प्रेम प्रशङग टाडै रहनुहोला प्रीय पात्रसँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :-

एकल तथा साझेदारी व्यापार व्यावसायमा लगानी गरी प्रशस्त नाँफा कमाउन सकिनेछ । पढाईलेखाईमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खुशि रहनेछन् । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मायाप्रेममा सामिप्यता बढेर जानेछ भने पतिपत्नीबीच मायाको डोरो कसिलो हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :-

मौसमी रोगको प्रकोपले समस्या निम्त्याउनेछ भने हाड जोर्निहरुमा समस्या आउन सक्छ ध्यान दिनुहोला । सवारी चलाउदा ख्याल गनुहोला चोटपटक तथा दुर्घटना हुने योग रहेकोछ । कुनैपनि विवादित विषयमा सामेल नहुनु नै राम्रो रहेको छ भने न्ययिक निर्णयहरु तपाईंको पक्षमा आउने छैनन् । पढाईलेखाईमा मन नजाँदा अरुभन्दा पछि परिनेछ । प्रेममा आजको दिन नभेट्दा नै राम्रो रहने छ ।

राशिफलले जे जस्तो भनेपनि तपाईंको दिन शुभ रहोस् ।

[sidebar name="button post"]